
नेपाल र थाइल्यान्डबीच विभिन्न समझदारीमा हस्ताक्षर भएको छ । जसमा नेपालका तर्फबाट नेपालको तर्फबाट परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले ती समझदारीपत्रमा हस्ताक्षर गरिन् ।
यसैगरी थाइल्यान्डका तर्फबाट संस्कृतिसम्बन्धी समझदारीपत्रमा संस्कृतिमन्त्री सुदावान वाङसुफाकिजकोसोल र पर्यटन सहयोगसम्बन्धी सम्झौतापत्रमा पर्यटन तथा खेलकुदमन्त्री सोरावाङ तिनथोङले हस्ताक्षर गरेका थिए ।
त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघ र थाइल्यान्डको व्यापार बोर्डबीच पनि सम्झौता भएको छ । महासंघ र थाइल्यान्डको थाई चेम्बर अफ कमर्स एन्ड बोर्ड अफ ट्रेडबीच आपसी सहकार्य तथा व्यापार व्यवसाय अभिवृद्धिका विषयमा समझदारी भएको हो ।
दुवै देशका प्रधानमन्त्रीहरुको उपस्थितिमा आज (बुधबार) बैंककमा भएको समझदारीपत्रमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र थाई चेम्बर अफ कमर्श एन्ड बोर्ड अफ ट्रेडका अध्यक्ष सानन अङगुबोल्कुलले हस्ताक्षर गरे ।
यस समझदारीले नेपाल र थाइल्यान्डबीच व्यापारिक सम्बन्धलाई सुदृढ गर्ने, आर्थिक सहकार्यलाई प्रवर्धन गर्ने तथा व्यापार र लगानी विस्तारका लागि संरचित रूपरेखा तयार गर्ने लक्ष्य राखेको छ ।
साथै दुई देशबीचको व्यापारिक सहकार्यलाई थप मजबुत बनाउने र आर्थिक सहकार्यलाई विस्तार गर्न महत्वपूर्ण योगदान गर्ने विश्वास गरिएको छ ।
त्यस्तै नेपाल उद्योग परिसंघ र थाई उद्योग महासंघ, नेपाल चेम्बर अफ कमर्स र थाइल्यान्डको पर्यटन परिषद्बीच हस्ताक्षर भएको छ । काठमाडौँ विश्वविद्यालय र सियाम विश्वविद्यालयबीच पनि सम्झौता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यो पनि…
प्रधानमन्त्री ओली भन्छन्- नेपाल र थाइल्यान्डबीचको सम्बन्ध नयाँ उचाइमा
ओली र सिनावात्राको संयुक्त पत्रकार सम्मेलन
महासंघ र थाइल्यान्डको बोर्ड अफ ट्रेडबीच आर्थिक सहकार्य हुने
नेपाल र थाइल्यान्डका प्रधानमन्त्रीको उपस्थितिमा विभिन्न सम्झौता पत्रमा हस्ताक्षर
प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री शिनावात्राबीच भेटवार्ता
