
प्रतीकात्मक तस्बिर ।
झापा, वैशाख २२ :
झापामा लागुऔषध कारोबारमा संलग्न एक व्यक्तिलाई पक्राउ गर्ने प्रयासमा प्रहरीले गोली प्रहार गरेको छ। गोली हानिएको भए पनि ती व्यक्ति भने फरार भएका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आज बिहान कनकाई नगरपालिका–५ स्थित सुरुङ्गा–झापा सडक खण्डमा प्रहरीले सवारी चेकजाँचका क्रममा भारत नम्बर प्लेट (BR 37T 9198) रहेको मोटरसाइकल रोकेका थिए।
मोटरसाइकलमा सवार व्यक्तिले प्रहरीलाई देखेपछि झोला र मोटरसाइकल छाडेर भाग्न थालेपछि उनलाई रोक्ने क्रममा प्रहरीले दुई राउन्ड हवाई फायर गरेको थियो।
जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी तथा प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार, फरार व्यक्तिले छाडेको झोलाबाट करिब २०० ग्राम ब्राउन सुगर फेला परेको छ।
फरार अभियुक्तको खोजी तीव्र पारिएको प्रहरीको भनाइ छ।