आइतबार, २५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान #घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान
राजनीति

सभामुख घिमिरेले भने- नेता होइन, जनताको सोच बदल्न आवश्यक छ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २७ वैशाख, २०८२ मा प्रकाशित
सभामुख घिमिरेले भने- नेता होइन, जनताको सोच बदल्न आवश्यक छ
फाइल फोटो ।
काठमाडाैं, वैशाख २७ :

सभामुख देवराज घिमिरेले मुलुकमा नेताको मात्रै होइन, जनताको सोचमा परिवर्तन आउन जरुरी रहेको बताएका छन्।

सिंहदरबारमा शनिबार आयोजित ‘नेपालको वर्तमान अवस्था: चुनौती र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सभामुख घिमिरेले यथार्थ बुझ्ने र त्यसअनुसार अघि बढ्ने प्रवृत्ति कमजोर हुँदै गएकोप्रति चिन्ता व्यक्त गरे।

‘आजकल कसैले बनाएको धारणा नै सत्य हो भनेर अघि बढ्ने चलन बढ्दो छ,’ सभामुख घिमिरेले भने, ‘जनताले सही र गलत छुट्याउने प्रवृत्ति घट्दो छ। यथार्थ बुझ्ने र बुझाउने मानसिकता हराउँदै गएको छ।’

उनका अनुसार देशमा नेताको मात्रै परिवर्तन भएर समाधान नहुने स्पष्ट देखिएको छ। ‘नेता त प्रणालीले आफैं परिवर्तन गरिरहेको छ,‘ उनले भने, ‘जबसम्म जनताको सोचमा परिवर्तन आउँदैन, तबसम्म सुधार सम्भव छैन।’

‘एक जना कलाकारले भने जस्तै, नेता परिवर्तन होइन, ‘ उनले भने , ‘सोच परिवर्तन गर्नुपर्ने समय आएको छ। म पनि त्यही कुरा सोच्न थालेको छु।’

उनले देशमा राजनीतिक अस्थिरता बढिरहेको उल्लेख गर्दै प्रणालीमाथि भइरहेको आक्रोशलाई नागरिकहरूले सतर्कताका साथ मूल्यांकन गर्नुपर्नेमा जोड दिए। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार