शुक्रबार, २३ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सुन बरामद#एक्सरसाइज क्यामब्रियान पट्रोल#बिजुलीको बिल#स्मार्ट पे रिवार्ड#दुर्गा प्रसाईं#नेपाल पथ पार्टी#निर्वाचन आयोगविरुद्ध प्रदर्शन#राष्ट्रिय भेला आयोजना गर्ने#नेकपा एमाले#बसाइँ र खानपिन खर्च#नवराज सुवेदी#क्षतिपूर्ति दिन सिफारिस#राष्ट्रिय मानव अधिकार आयोग#प्रकाशमान सिंह#लुटपाट#गिरोह #सुन बरामद#एक्सरसाइज क्यामब्रियान पट्रोल#बिजुलीको बिल#स्मार्ट पे रिवार्ड#दुर्गा प्रसाईं#नेपाल पथ पार्टी#निर्वाचन आयोगविरुद्ध प्रदर्शन#राष्ट्रिय भेला आयोजना गर्ने#नेकपा एमाले#बसाइँ र खानपिन खर्च#नवराज सुवेदी#क्षतिपूर्ति दिन सिफारिस#राष्ट्रिय मानव अधिकार आयोग#प्रकाशमान सिंह#लुटपाट#गिरोह
राजनीति भिडियो

काठमाडौंमा यस्तो देखियो राजावादीको प्रदर्शन [तस्बिरसहित]

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १५ जेठ, २०८२ मा प्रकाशित
काठमाडौंमा यस्तो देखियो राजावादीको प्रदर्शन [तस्बिरसहित]
काठमाडौं, जेठ १५ :

राजसंस्था र हिन्दू राज्य पुनर्स्थापनाको माग राखेर राजावादीहरुले काठमाडौंमा शक्ति प्रदर्शन गरेका छन् । नेताहरु विभिन्न सात ठाउँमा बाँडिएर र्‍यालीको नेतृत्व गरेका थिए।

विभिन्न ठाउँबाट निस्किएको र्‍याली रत्नपार्कमा पुगेर वृहत आन्दोलनमा परिणत भएको छ । र्‍यालीमा राप्रपा, राप्रपा नेपाललगायत राजावादी समूहका नेताहरु  अग्रपंत्तिमा देखिन्थे।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले मैतिदेवीबाट जुलुसको नेतृत्व गर्का थिए । यस्तै कमल थापा र नवराज सुवेदीले नेतृत्व गरेको जुलुस सिफलबाट निस्केको थियो। र्‍यालीमा सहभागिहरु पार्टीको भन्दा पनि राष्ट्रिय झण्डा बोक्ने बढी देखिन्थे । ।

यसपटकको राजावादीको आन्दोलनमा दुर्गा प्रसाईंको समूह भने सहभागी भएन । र्‍यालीमा सहभागीहरुले राजतन्त्रको पक्ष र गणतन्त्रको विपक्षमा चर्का नारा लगाएका थिए ।

यसैबीच राजावादीहरूको प्रदर्शनमा घुसपैठ भएको भन्दै दुई जनालाई कार्यकर्ताहरुले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाइएको छ । दुई जनालाई रत्नपार्कबाट नियन्त्रणमा लिएको हो । उनीहरुको बारेमा प्रहरीले सोधखोज  गरिरहेको छ ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार