आइतबार, २५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान #घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान
राजनीति

सभामुखसँग दलका प्रमुख सचेतक र सचेतकहरूको छलफल

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १६ जेठ, २०८२ मा प्रकाशित
सभामुखसँग दलका प्रमुख सचेतक र सचेतकहरूको छलफल
काठमाडौं, जेठ १६ :

सदनको अवरोध खुलाउन सभामुख देवराज घिमिरे र संसद्‌मा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक र सचेतकहरूबीच छलफल भइरहेको छ ।

सभामुखको कार्यकक्ष सिंहदरबारमा जारी छलफलमा सदनको अवरोध खुलाउने विषयमा छलफल चलिरहेको छ ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै सदन  अवरोध भएपछि सभामुखले दलका मुख्य सचेतक तथा प्रमुख सचेतकसँग छलफल थालेका हुन् ।

प्रमुख प्रतिपक्षी दल माओवादीसहित विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको संलग्नता हुनसक्ने भन्दै उनको राजीनामा माग गर्दै संसद् अवरुद्ध गर्दै आएका छन् ।

बजेट प्रस्तुत गर्न दिए पनि विपक्षी दलहरूले अवरोधको कार्यक्रमलाई निरन्तरता दिने बताएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार