आइतबार, २५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान #घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान
राजनीति

सिंहदरबारमा तीन दलका शीर्ष नेताबीच छलफल

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १९ जेठ, २०८२ मा प्रकाशित
सिंहदरबारमा तीन दलका शीर्ष नेताबीच छलफल
फाइल तस्बिर।
काठमाडौं, जेठ १९ :

प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूबीच  सिंहदरबारमा छलफल जारी रहेको छ । 

प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच अप्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छलफल भइरहेको हो।

भिजिट भिसा प्रकरणमा प्रमुख प्रतिपक्षी दल माओवादीलगायत विपक्षी दलहरुले संसद अवरुद्ध गरिरहेको सन्दर्भमा संसद सञ्चालनको मार्ग खोज्न नेताहरू छलफलमा जुटेका हुन्।

छलफलमा संसदको अवरोध हटाउने उपाय, संवैधानिक अंगहरूमा नियुक्ति प्रक्रिया अघि बढाउने विषय र पछिल्लो समय तीव्र बनेको राजावादी आन्दोलनबारे समेत छलफल हुने बताइएको छ।

केही दिनअघि पनि यी तीन नेताहरूबीच अनौपचारिक भेटघाट भएको थियो। त्यस अवसरमा समेत संसद सञ्चालन, सत्ता साझेदारी र राष्ट्रिय राजनीतिका समसामयिक विषयमा प्रारम्भिक विचारविमर्श भएको थियो। तर ठोस निष्कर्ष ननिस्किएका कारण छलफललाई निरन्तरता दिइँदै आएको हो। आजको छलफलले संसद अवरोध अन्त्य गर्न दिशानिर्देश दिने अपेक्षा गरिएको छ। प्रतिनिधिसभाको बैठक भोलि बस्ने तय भएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार