आइतबार, २५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान #घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान
राजनीति

दुर्गा प्रसाईंसहित ७ जना डिल्लीबजार कारागार चलान

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ३० जेठ, २०८२ मा प्रकाशित
दुर्गा प्रसाईंसहित ७ जना डिल्लीबजार कारागार चलान
काठमाडौं, जेठ ३० :

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित ७ जनालाई डिल्लीबजार कारागार पठाइएको छ। गत १५ चैतमा तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका उनीहरूलाई काठमाडौं जिल्ला अदालतको आदेशपछि कारागार चलान गरिएको हो।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले बिहीबार राति प्रसाईंसहित ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारीका अनुसार थुनामा पठाइएका अन्य प्रतिवादीहरूमा कुमार तामाङ, सरोज गौतम, गोकर्ण शाही, डण्डपाणि रेग्मी, सुशील बराल र केशव बस्नेत छन्।

तीनकुनेमा भएको प्रदर्शन हिंसात्मक बनेपछि प्रहरीले उनीहरूलाई विभिन्न समय र स्थानबाट पक्राउ गरेको थियो। त्यस दिनको प्रदर्शनमा एकजना पत्रकारसहित दुईजनाको मृत्यु भएको थियो । साथै निजी र सार्वजनिक गरी करोडौंको क्षति पुगेको आरोप छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार