शनिबार, २४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष #एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
राजनीति भिडियो

कांग्रेसले रास्वपालाई भन्यो- आफ्नो सभापति जेलमा संसद्लाई नैतिकताको पाठ सिकाउने ?

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १ असार, २०८२ मा प्रकाशित
कांग्रेसले रास्वपालाई भन्यो- आफ्नो सभापति जेलमा संसद्लाई नैतिकताको पाठ सिकाउने ?
काठमाडौं, असार १ :

नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई नैतिकताको विषयमा प्रश्न उठाउने नै नैतिक आधार नरहेको आरोप लगाएको छ । 

प्रतिनिधिसभाको आइतबारको बैठकमा रास्वपाको विरोधकैबीच बोल्दै कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले रास्वपाका सभापति रवि लामिछानेविरुद्ध अदालतमा विचाराधीन मुद्दाहरू रहेको भन्दै नैतिकताको पाठ सिकाउन नहुने बताए।

‘पाँच/पाँच वटा अदालतमा सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधका मुद्दा खेपिरहेका व्यक्तिलाई सभापति बनाउने पार्टीले अरुलाई नैतिकता सिकाउने ?', उनले प्रश्न गरे ।

उनले लामिछानेमाथि सर्वोच्च अदालतले पूर्पक्ष थुनामा पठाएको र उनी अझै निर्वाचन आयोगको सूचीमा रास्वपाको सभापति पदमा रहेको उल्लेख गरे। साथै, लामिछाने नै अहिले पनि रास्वपाको संसदीय दलको नेता रहेको र संसद् सदस्यबाट निलम्बन भइसकेको व्यक्तिलाई नेताको रूपमा राखेर बस्ने पार्टीले नैतिकताको पाठ सिकाउन मिल्दैन भने।

गृहमन्त्री रमेश लेखकमाथिको राजीनामा माग गर्दै  रास्वपा र राप्रपाले लगातार रुपमा प्रतिनिधिसभा बैठक अवरुद्ध गरिरहेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार