आइतबार, २५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान #घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान
राजनीति

सदनको गतिरोध अन्त्यका लागि सभामुखको सक्रियता, बैठकअघि प्रमुख सचेतकहरूसँग छलफल

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ५ असार, २०८२ मा प्रकाशित
सदनको गतिरोध अन्त्यका लागि सभामुखको सक्रियता,  बैठकअघि प्रमुख सचेतकहरूसँग छलफल
काठमाडौं, असार ५ :

प्रतिनिधिसभामा विपक्षी दल रास्वपा र राप्रपाको अवरोध अन्त्यका लागि सभामुखले सक्रियता जनाएका छन् । यसका लागि उनले आज बस्ने प्रतिनिधिसभा बैठक अगाडि पाँच दलका प्रमुख सचेतकसँग छलफल गरिरहेका छन् ।

बानेश्वरस्थित कार्यकक्षमा सभामुख घिमिरे, मुख्य दलका प्रमुख सचेतक र सचेतकहरुबीच छलफल चलिरहेको छ ।

छलफलमा नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसकी सचेतक सुशीला थिङ, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार, राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाही र कानुनमन्त्री अजयकुमार चौरसिया सहभागी छन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै रास्वपा र राप्रपाले संसद् बैठक अवरुद्ध गर्दै आएका छन् ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार