शनिबार, २४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष #एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
राजनीति

सभामुख घिमिरे भन्छन्- आन्दोलन गरेपछि मात्रै सुनुवाइ हुने स्थितिको अन्त्य गरौं

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ८ साउन, २०८२ मा प्रकाशित
सभामुख घिमिरे भन्छन्- आन्दोलन गरेपछि मात्रै सुनुवाइ हुने स्थितिको अन्त्य गरौं
काठमाडौं, साउन ८ :

सभामुख देवराज घिमिरेले सडकमा आन्दोलन गरेपछि मात्रै सुनुवाई हुने स्थितिको अन्त्य गर्न जरुरी रहेको बताएका छन् । सिंहदरबारमा बिहीबार दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका, खोटाङका नगरप्रमुख तीर्थराज भट्टराईको नेतृत्वले हस्तान्तरण गरेको बाँसबाट निर्मित सामग्रीहरु ग्रहण गर्दै उनले यस्तो बताएका हुन् । 

उनले प्रत्येक कुराहरु सडकमा गएर आन्दोलन गरी बाध्य परिस्थिति बनाएपछि मात्रै न्युनतम सुनुवाई गर्ने परिस्थिति अन्त्य गर्न जरुरी रहेको बताए । उनले मागहरु अव्यवहारिक, असान्दर्भिक, अनुचित भए त्यतिबेलै यस्तो भयो भन्न सक्नुपर्ने बताए । कोसिसको बाबजुद पनि सुनुवाई भएन भने सडकमा जानेकुरा गैरसंवैधानिक नभएको पनि बताए । बाँसको सामग्रीको प्रवर्धन लागि संसदमा कुनै कानूनहरु अड्किएका भए निर्माण गर्नेकुरामा प्रतिनिधि सभा सधैँ अग्रसर रहने बताए । 

सभामुख घिमिरेले भने, ‘प्रत्येक कुराहरु सडकमा गएर, आन्दोलन गरेर बाध्यकारी परिस्थिति पारेपछि मात्रै न्युनतम कुराहरुको सुनुवाई हुने परिस्थितिको अन्त्य गर्नुपर्छ । तपाईंका कुराहरु अव्यवहारिक, असान्दर्भिक, अनुचित छन् भने तत्काल सम्भव छैन भन्नेकुरा भन्यो भने नबुझ्ने कुरै छैन । प्राथमिकता नपाए सडकमै जानुपर्ने स्थिथिको अन्त्य गर्नुपर्छ । कोशिसको बाबजुद पनि सुनुवाई भएन भने सडकमा जानेकुरा गैरसंवैधानिक होइन । तर त्यो तहमा जानुपर्ने स्थिति नआउनुपर्ने हो । बनाउनुपर्ने कानून, निर्देशिका निर्माण गर्नुपर्ने जस्ता कुराहरु सरकारले नै गर्ने हो । संसदमा अड्किएका भए ति पारित हुन्छन् । संसद चलिरहेको छ, त्यहाँ रोकिएको भए पारित गरेर कार्यान्वयन गर्न सकिन्छ । बाँस प्रवद्र्धन गर्नको लागि पर्नुपर्छ ।’

सभामुख घिमिरेले बाँस वनस्पतीलाई धेरै ठाउँमा प्रयोग गर्न सकिने र यसको महत्व उल्लेख्य रहेको बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार