शनिबार, २४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष #एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
राजनीति

एमालेले कांग्रेसलाई भन्यो- संशोधन राख्न सांसदहरु स्वतन्त्र छन्

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ९ साउन, २०८२ मा प्रकाशित
एमालेले कांग्रेसलाई भन्यो- संशोधन राख्न सांसदहरु स्वतन्त्र छन्
काठमाडौं, साउन ९ :

सत्तारुढ नेकपा एमालेले सत्ता साझेदार नेपाली कांग्रेसलाई संघीय निजामती विधेयकबारे आफ्ना सांसदहरुको संशोधन प्रस्ताव स्वतन्त्र रुपले राखेको बताएको छ ।

राष्ट्रिय सभामा रहेको निजामती विधेयकमा कुलिङ पिरियड हटाउनेबारे एमाले सांसदहरुले संशोधन प्रस्ताव दर्ता गराएका छन् । यसबारेमा संसद्‌मा बहस भइरहेको छ ।

कांग्रेसको जिज्ञासामा आफ्ना सांसदहरु संशोधन हाल्न स्वतन्त्र रहेको कुरा एमालेले बताएको कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा शुक्रबार बिहान बसेको बैठकपछि सञ्चारकर्मीहरुसँग घिमिरेले कुलिङ पिरियडमा एमाले सांसदहरुको संशोधनबारे बुझ्दा एमालेले संशोधनका लागि सांसदहरु स्वतन्त्र रहेको र त्यहीअनुसार संशोधन आएको बताएको जानकारी दिए ।

सरकारले ल्याएकै भूमि ऐनमा पनि काँग्रेसका केही सांसदहरुले संशोधन राखेकाले यसलाई सामान्य रुपमा बुझ्नुपर्ने घिमिरेको भनाइ छ । ‘उहाँहरुको समग्र पार्टीको तर्फबाट कुरा के आएको छ भने सांसदहरुले आफ्नो ढंगले संशोधन प्रस्ताव राखे । सांसदहरु स्वतन्त्र हुन्छन् । आफ्नो संशोधनहरु राख्न स्वतन्त्र हुन्छन्,’ घिमिरेले भने, ‘भूमि ऐनमा हाम्रा १०/१२ जना सांसदहरुले राख्नुभयो । तर त्यो सरकारबाटै आएको थियो । सरकारबाटै आएको विधेयकमा पनि राख्ने प्रचलन भएकाले राखिएको हो भन्ने छ । छलफल गरेर अघि बढ्ने विषय छ ।’

कुलिङ पिरियडबारे थप छलफल गरेर टुंग्याइने पनि प्रमुख सचेतक घिमिरेले जानकारी दिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार