शनिबार, २४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष #एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
राजनीति

सभामुख घिमिरेले भने- संसद् विघटन नगरी विकल्प खोजिएको भए राम्रो हुन्थ्यो [तस्बिरसहित]

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २ असोज, २०८२ मा प्रकाशित
सभामुख घिमिरेले भने- संसद् विघटन नगरी विकल्प खोजिएको भए राम्रो हुन्थ्यो [तस्बिरसहित]
काठमाडौं, असोज २ :

सभामुख देवराज घिमिरेले संसद् विघटन नगरी यसैभित्रबाट समाधान खोज्न सकिएको भए राम्रो हुने बताएका छन् । 

आगजनी र तोडफोडबाट ध्वस्त भएको संसद् भवनको आज (बिहीबार) अवलोकनका क्रममा सञ्चारकर्मीले राखेको जिज्ञासामा सभामुखले यस्तो टिप्पणी गरेका हुन् ।‘राजनीतिक निकासका लागि सबै पक्ष तयार हुनुपर्छ,’ उनले भने, ‘संसद् विघटन नगरी वैकल्पिक उपायहरू खोजिएको भए राम्रो हुन्थ्यो।’

संसद् भवनमा भएको तोडफोड तथा आगजनीप्रति सभामुख घिमिरेले गहिरो दुःख व्यक्त गरे। ‘जेनजी आन्दोलनका क्रममा अत्यन्तै पीडादायक घटना घट्यो,’ उनले भने, ‘संसद् भवनसहितका संरचना ध्वस्त भए। अब हामीले यस क्षति र हानीबाट उठेर अघि बढ्नुपर्छ।’

अवलोकनका गर्न सभामुखसँगै उपसभामुख इन्दिरा राना पनि संसद् भवन पुगेकी थिइन् । उनीहरुसँगै एमालेका प्रमुख सचेतक महेश बर्तौला पनि पुगेका थिए

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि केपी शर्मा ओली नेतृत्वको सरकार ढलेर अहिले अन्तरिम रूपमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार गठन गरिएको छ। सभामुख र उपसभामुख दुवैजना अन्तरिम सरकारका मन्त्रीहरुको शपथ ग्रहण समारोहमा भने गएनन् ।

 

शेयर: Facebook Twitter WhatsApp

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार