नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेसीहरु एकजुट भएर केन्द्रीय समितिमार्फत समाधान खोज्ने कुरामा लाग्नुपर्ने बताएका छन् ।
आइतबार पत्रकार भेटघाटका क्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले पार्टीभित्र नेतृत्व परिवर्तनका लागि हस्ताक्षरको कुरा उठेकोबारे कार्यकर्ताहरुमा अन्योलता सिर्जना भएको भन्दै केन्द्रीय समितिबाटै निचोड निस्किने स्पष्ट पारे । केन्द्रीय समितिको बैठकले सामुहिक निष्कर्ष निकाल्ने र पार्टी पंक्तिमा उत्साह भर्ने काम गर्ने जिकिर गरे। अधिवेशन प्रक्रियालाई पनि चाँडो भन्दा चाँडो केन्द्रीय समितिले नै सम्पूर्ण प्रक्रिया पूरा गरेर अघि बढ्ने बताए । पार्टी सभापति शेरबहादुर देउवा लोकतान्त्रिक आन्दोलनका लागि निरन्तर लडेको व्यक्ति भएको भन्दै उनी देश छोडेर भाग्नुपर्ने अपराधी नभएको बताए। पासपोर्ट बनाएर देशबाट भाग्न खोज्यो भन्ने जस्ता भ्रम फिँजाइएको भन्दै उनले सांघातिक हमला हुने देख्दासमेत घर नछोडेको व्यक्ति भएको बताए । देउवा देश छोडेर भाग्नुपर्ने मानसिकता बोकेको नेता नभएको बताए ।
प्रवक्ता महतले भने, ‘अहिले हाम्रो पार्टीभित्र पनि कतिपय साथीहरु देशभर छरिएर रहेका साथीहरुमा अन्योल हुनसक्छ । हस्ताक्षरको कुरा उठिरहेको छ रे, वा के भइरहेको छ रे । अहिले हामीले यि कुराहरुमा ध्यान दिनु हुँदैन । अहिले हामी अफ्ठ्यारो स्थितिमा एकजुट भएर केन्द्रीय समितिमार्फत नै सम्पूर्ण विषयवस्तुमा छलफल गर्ने र सामुहिक निष्कर्ष निकाल्ने र पार्टी पंक्तिमा उत्साह भर्ने काम गर्नेछौँ । अधिवेशन प्रक्रियालाई पनि हामी चाँडो भन्दा चाँडो हामीले केन्द्रीय समितिले नै सम्पूर्ण प्रक्रिया पूरा गरेर अघि बढ्ने कुरामा दुईमत छैन । पार्टी सभापति लोकतान्त्रिक आन्दोलनमा लगातार लड्नुभएको छ । शाही कालमा उहाँलाई अनेकौँ लाञ्छना लगाएर डेमोरलाइज गर्ने कोशिस भयो, उहाँ हुनुभएन । अहिले पनि यस्ता भेटियो, उस्तो भेटियोदेखि लिएर पासपोर्ट लिएर भाग्दै थियो भन्ने अनर्गल प्रचार गरियो । उहाँ कुनै अपराधी होइन, अपराध गर्नुभएको छैन । पासपोर्ट लिने हरेक नेपालीको हक छ । पासपोर्ट लिनु नै अपराध भयो भन्ने जस्तो भाष्य सिर्जना गर्ने कोशिस गरिएको छ । उहाँ देश छोडेर भाग्नुपर्ने मानसिकता बोकेको नेता होइन । उहाँले सांघातिक रुपमा हमला हुने नियोजित कुरा देख्दा देख्दै पनि घर छोड्नुभएन भने उहाँले देश छोड्नुपर्ने कुनै कारण छैन ।’
प्रवक्ता महतले यी कामहरु पार्टीलाई कमजोर बनाउने कोशिस भएको जिकिर गरे । पुराना नेताहरुलाई चुनावमा लड्न दिन्नौ भन्ने गरिएको भन्दै जनताले नेता रोज्ने अधिकारलाई रोक्ने तपाईंहरु को हो ? भन्दै प्रश्न गरे।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
परराष्ट्रमन्त्री खनालले भने- प्रधानमन्त्रीको चीन भ्रमण कहिले हुन्छ भन्ने टुङ्गो छैन
निम्तो छ जाने टुंगो छैन : प्रधानमन्त्री शाहको चीन भ्रमण तत्काल नहुने
गगन थापाको माग : २०४६ सालदेखि सार्वजनिक पदमा रहेका सबैको सम्पत्ति छानबिन गरियोस्
राप्रपाका एक लाख १० हजार क्रियाशील सदस्य अद्यावधिक, विगतको भन्दा कति घट्यो ?
थप समाचार
परराष्ट्रमन्त्री खनालले भने- प्रधानमन्त्रीको चीन भ्रमण कहिले हुन्छ भन्ने टुङ्गो छैन
विगतका सहमति कार्यान्वयन नभएको भन्दै शिक्षक महासंघ पुनः आन्दोलनको तयारीमा
आईएमई प्लाटिनम गल्फको उपाधि अश्माङ्क कार्कीले जिते, महिलातर्फ अञ्जिला बनिन् च्याम्पियन