शनिबार, २४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष #एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
राजनीति

पूर्वसभामुखहरु महरा, घर्ती र तिमिल्सिनाले सरकारी गाडी फिर्ता गरे

सार्वजनिक पदको उत्तरदायित्वबोध गराउने सकारात्मक कदम
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १४ असोज, २०८२ मा प्रकाशित
पूर्वसभामुखहरु महरा, घर्ती र तिमिल्सिनाले सरकारी गाडी फिर्ता गरे
काठमाडौं, असोज १४ :

तीनजना  पूर्वसभामुखले प्रयोग गर्दै आएको सरकारी सवारीसाधन फिर्ता गरेका छन्।फिर्ता गर्नेमा पूर्वसभामुख कृष्णबहादुर महरा, ओनसरी घर्ती र राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिना छन्। 

गैरकानूनी रूपमा लिइँदै आएका सरकारी सुविधा फिर्ता गराउने अभियान अनुरुप उनीहरुले गाडी फिर्ता गरेका हुन् ।अर्थमन्त्री रामेश्वर खनालको यो अभियान सैद्धान्तिक मात्र नभई कार्यान्वयनतर्फ उन्मुख भएको छ।

यसअघि अर्थ मन्त्रालयले कानुनी प्रावधानबिना लिइँदै आएका सुविधा पहिचान गर्न निगरानी प्रक्रिया अघि बढाएको थियो।अर्थ मन्त्रालय स्रोतका अनुसार अब अन्य पूर्वपदाधिकारीहरूलाई पनि यस्ता अनधिकृत सुविधा फिर्ता गर्न औपचारिक आग्रह गरिनेछ।राज्य स्रोतको मर्यादित उपयोग र सार्वजनिक पदको उत्तरदायित्वबोध गराउने दिशामा यो एक सकारात्मक कदम हो।

अर्थमन्त्री खनाल नेतृत्वको यो कदमले सरकारी ढुकुटीको दुरुपयोग नियन्त्रणमा कति प्रभाव पार्ने हो, त्यो अबका दिनमा देखिनेछ। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार