आइतबार, २५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान #घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान
राजनीति

पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ

राजनीतिक दबाबमा रोकिएका ठूला आपराधिक मुद्दाहरू अब 'ब्रेकथ्रु' हुने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २६ असोज, २०८२ मा प्रकाशित
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
फाइल तस्बिर ।
काठमाडौं, असोज २६ :

नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरा भेपमार्फत सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले उनलाई आइतबार काठमाडौंबाट पक्राउ गरेको हो। सीआईबीले महरालाई भन्सार छली तथा संगठित अपराध सम्बन्धी कसुरमा पक्राउ गरेको जनाएको छ।

२०७९ साल पुस १० गते फ्लाई दुबईको उडान नं. एफजेड ०५८७ बाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आएका चिनियाँ नागरिक लि हानसोङले ल्याएको दुईवटा सुटकेसभित्र लुकाइएका ७३० थान विद्युतीय चुरोट (भेप) मार्फत ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बराबरको सुन भित्र्याइएको थियो।

सीआईबीका अनुसार, सो सुन त्रिभुवन विमानस्थलमा भन्सारका तत्कालीन नायब सुब्बा रेवन्त खड्काको मिलेमतोमा नेपाल भित्र्याइएर बिक्री गरिएको थियो। घटनासँग सम्बन्धित अनुसन्धानबाट पूर्वसभामुख महराले उक्त सुन छुटाउन भन्सार कार्यालयमा दबाब दिएको प्रमाण फेला परेको सीआईबीले जनाएको छ।

सीआईबीका वरिष्ठ प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘२०७९ पुस १० गते फ्लाई दुबईको उडानमार्फत आएका चिनियाँ नागरिक लि हानसोङले ल्याएको भेपभित्र लुकाइएको सुन भन्सार कार्यालयका कर्मचारीहरूको मिलेमतोमा आपराधिक समूह बनाई बिक्री गरिएको पुष्टि भएको छ। पूर्वसभामुख महराको सो प्रकरणमा संलग्नता देखिएकाले उनलाई पक्राउ गरिएको हो।’

यसअघि सोही प्रकरणमा महराका छोरा राहुल महरा पक्राउ परी कारागार चलान भइसकेका छन्। केही दिनअघि मात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि कृष्णबहादुर महराबाट बयान लिएको थियो।

अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक दबाबमा रोकिएका ठूला आपराधिक मुद्दाहरू अब 'ब्रेकथ्रु' हुने बताएका थिए। महराको पक्राउलाई त्यसैको प्रारम्भिक संकेतका रूपमा हेरिएको छ। प्रहरीले घटनासँग जोडिएका अन्य व्यक्तिहरूको खोजी र अनुसन्धान पनि जारी राखेको जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार