आइतबार, २५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान #घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान
राजनीति

पूर्वसभामुख महराको बयान सकियो, थुनछेक बहस बुधबार

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २८ असोज, २०८२ मा प्रकाशित
पूर्वसभामुख महराको बयान सकियो, थुनछेक बहस बुधबार
काठमाडौं, असोज २८ :

सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराको बयान सकिएको छ। जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक श्रेष्ठका अनुसार महराको मंगलबार (आज) बयान सकिएपछि अब बुधबार थुनछेक बहस हुने छ।

बयान सकिए पनि मुद्दाको टुंगो नलागेकाले महरा आज पनि थुनामै रहने जनाइएको छ।

महरालाई आइतबार चिनियाँ संगठित गिरोहसँग मिलेर सुन तस्करीमा संलग्न भएको आरोपमा पक्राउ गरिएको हो। दुबईबाट भित्र्याइएको करिब ९ किलो सुन विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याइएको थियो। उक्त सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयले नियन्त्रणमा लिएको थियो।

करिब ८ करोड ५५ लाख रुपैयाँ बराबरको सुन छुटाउन महरा र उनका छोरा राहुल महरा सक्रिय रूपमा खटिएको अनुसन्धानमा खुलेको छ।

यस प्रकरणमा महरा बाहेक अन्य केही व्यक्ति पनि अनुसन्धानको दायरामा छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार