आइतबार, २५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान #घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान
राजनीति

पूर्वसभामुख महरालाई पुर्पक्षका लागि केन्द्रीय कारागार पठाइयो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २९ असोज, २०८२ मा प्रकाशित
पूर्वसभामुख महरालाई पुर्पक्षका लागि केन्द्रीय कारागार पठाइयो
काठमाडौं, असोज २९ :

सुन तस्करीसम्बन्धी अभियोगमा पक्राउ परेका पूर्वसभामुख तथा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। अदालतको आदेशपछि उनलाई सुन्धारास्थित केन्द्रीय कारागार (जगन्नाथदेवल) पठाइएको छ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले बुधबार थुनछेक बहसपछि महरालाई थुनामा पठाउने आदेश दिएको हो। अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले महरालाई कारागार चलान गरिएको जानकारी दिएका छन्।

महरा विद्युतीय चुरोट (भेप) प्रयोग गरेर सुन तस्करीमा संलग्न भएको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)द्वारा गत आइतबार पक्राउ परेका थिए। सोमबार अभियोगपत्रसहित जिल्ला अदालतमा पेश गरिएको थियो।

मंगलबार महराको प्रारम्भिक बयान भए पनि थुनछेक बहस नसकिएपछि उनलाई हिरासतमा राखेर बुधबार पुनः बहस गरिएको थियो। त्यसपछि अदालतले उनलाई थुनामा राख्ने आदेश दिएको हो।

८ करोडभन्दा बढी बिगो र ३ वर्षभन्दा बढी कैद माग

महराविरुद्ध मुद्दामा ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बिगो मागदाबी गरिएको छ। साथै, तीन वर्षभन्दा बढी कैद सजायसमेत माग गरिएको छ। सीआईबीले महरालाई भेपमार्फत ल्याइएको ९ किलो सुन तस्करीको योजनामा संलग्न भएको आरोपमा अनुसन्धान अघि बढाएको हो।

घटनाको पृष्ठभूमि

१० पुस २०७९ मा फ्लाई दुबईको एफजेट ०५८७ नम्बरको उडानमार्फत काठमाडौं आएका चिनियाँ नागरिक लि हानसोङले ल्याएका दुई वटा सुटकेस विमानस्थलमा संकास्पद देखिएपछि जाँच गर्दा भेप फेला परेको थियो। हानसोङले भोलिपल्टै नेपाल छाडे पनि भेप भन्सारमा रह्यो। पछि उक्त भेपमा सुन लुकाइएको सूचना पाएपछि भन्सार कर्मचारीहरूले भेप साटेको शंका गरिएको थियो।

२६ वैशाख २०८० मा भन्सार कार्यालयले सीआईबीलाई पत्राचार गरेर अनुसन्धान गर्न अनुरोध गरेपछि दुई महिनासम्मको अनुसन्धानपछि ९ किलो सुन तस्करीको निष्कर्षसहित मुद्दा दायर गरिएको हो।

मुद्दाका अन्य संलग्नहरू

प्रारम्भिक मुद्दामा भन्सारका नासु रेवन्त खड्कासहित ६ जनामाथि अभियोग लगाइएको छ। पूरक अभियोजनमा भने चिनियाँ मूलका बेल्जियम नागरिक दावा छिरिङ, उनका चालक लोकेन्द्र पौडेल, महराका छोरा राहुल महरा, नीमा गुरुङलाई मतियार बनाएर मुद्दा अघि बढाइएको छ। पूर्वसभामुख महराको यो प्रकरण नेपाली राजनीतिक क्षेत्रमै ठूलो चासोको विषय बनेको छ। अब यस मामिलामा थप अनुसन्धान र कानुनी प्रक्रिया अघि बढ्नेछ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार