शनिबार, २४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष #एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
राजनीति

तोकिएको समयमै निर्वाचन सम्पन्न गर्ने सरकारको क्षमताप्रति एमालेको शंका

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ४ कात्तिक, २०८२ मा प्रकाशित
तोकिएको समयमै निर्वाचन सम्पन्न गर्ने सरकारको क्षमताप्रति  एमालेको शंका
काठमाडौं, कात्तिक ४ :

नेकपा एमालेले वर्तमान सरकारले तोकिएको समयमा चुनाव गराउन सक्दैन कि भन्ने गम्भीर आशंका व्यक्त गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको सर्वदलीय बैठकमा एमालेले यस्तो चिन्ता उठाएको हो।

बैठकमा एमालेका महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीपकुमार ज्ञवाली सहभागी थिए। एमाले नेताहरूले चुनावको स्पष्ट विरोध भने नगरे पनि समयमै निर्वाचन सम्पन्न गर्ने सरकारको क्षमता प्रति शंका व्यक्त गरे।

सरकारका प्रवक्ता जगदीश खरेलले भने, ‘एमाले नेताहरूले चुनाव चाहिएको बताएका छन्, तर यो सरकारले त्यसको तयारी र वातावरण बनाउन सक्दैन कि भन्ने आशंका जनाएका छन्।’

प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न दलसँग परामर्श गर्न सर्वदलीय बैठक बोलाएकी हुन्। चुनावको मिति नजिकिँदै जाँदा दलहरूबीच आपसी विश्वास र तयारीका विषयमा सरकार छलफलमा रहेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार