काठमाडौं, कात्तिक १९ :

नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा डिल्लीबजार कारागार चलान भएका छन् । बहुविवाह मुद्दामा दोषी ठहर भएका शेर्पालाई अदालतको फैसला कार्यान्वयनका लागि बुधबार जेल चलान गरिएको हो ।

उनीविरुद्ध बहुविवाहसम्बन्धी मुद्दामा १ वर्ष जेल र ५ हजार जरिवाना तोकिएको थियो ।बहुविवाह कसुरमा जिल्ला अदालत काठमाडौंले २०७९ चैत २३ मा  कैद र ५ हजार जरिवाना गर्ने फैसला गरेको थियो ।

जिल्लाको आदेशविरुद्ध उनी उच्च अदालत गए पनि उच्च अदालत पाटनले पनि जिल्लाको फैसला सदर गरेको थियो ।  एमालेका केन्द्रीय कमिटी सदस्य समेत रहेका शेर्पा  मंगलबार धुम्बाराहीबाट पक्राउ परेका थिए ।