
काठमाडौं, मंसिर ११ :
पूर्वसभामुख कृष्णबहादुर महरा २० लाख रुपैयाँ धरौटी बुझाएर थुनामुक्त भएका छन् । सुन तस्करी मुद्दामा थुनामा रहेका महरा उच्च अदालत पाटनको आदेशपछि थुनामुक्त भएका हुन् ।
बिहीबार उच्च अदालत पाटनका न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले महरालाई धरौटीमा छाड्न आदेश दिएको हो ।
सुन तस्करी प्रकरणमा मुछिएका महरालाई असोज २९ गते जिल्ला अदालत काठमाडौंले महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । जिल्लाले थुनामा पठाएपछि त्यसविरुद्ध महरा उच्च अदालत पुगेका थिए ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गत असोज २६ मा महरालाई पक्राउ गरेको थियो ।