काठमाडौं, पुस ८ :

राष्ट्रपति रामचन्द्र पौडेल विघटित प्रतिनिधिसभाका प्रमुख तीन दलका शीर्ष नेताहरूसँग छलफल गर्दै छन् । 

राष्ट्रपतिले आज दिउँसो ३ बजे कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गर्न लागेका हुन् । शीर्ष नेताहरूसँगको छलफलमा प्रधानमन्त्री सुशीला कार्कीलाई पनि बोलाइएको छ ।

राष्ट्रपतिले विकसित पछिल्लो राजनीतिक घटनाक्रम, आस्नन निर्वाचन लगातका विषयमा दलहरुको धारणा बुझ्न छलफल गर्न लागेका हुन् ।  जेनजी आन्दोलनपछि  उनीहरूबीच हुन लागेको यो पहिलो सामुहिक छलफल पनि हो।