
काठमाडौं, माघ १ :
विशेष महाधिवेशन पक्षधर कांग्रेस केन्द्रीय समिति बैठकले देवराज चालिसेलाई प्रवक्ता नियुक्त गरेको छ। ललितपुरको कुपोन्डोलमा जारी बैठकले चालिसेलाई प्रवक्तामा नियुक्त गरेको हो ।
बैठकमा आगामी फागुन २१ मा तय भएको निर्वाचनको तयारी लगायतका विविध विषयमा छलफल भइरहेको छ। विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएकाले कागजात अध्यावधिक गर्ने कार्यका लागि निर्वाचन आयोग जाने लगायतका विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।कांग्रेस विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
