आइतबार, २५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान #घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान
राजनीति

निर्वाचनमा जुट्यो एमाले, राजधानी विशेष कमिटीको घोषणा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २ माघ, २०८२ मा प्रकाशित
निर्वाचनमा जुट्यो एमाले,  राजधानी विशेष कमिटीको घोषणा
काठमाडौं, माघ २ :

नेकपा एमालेको संशोधित विधानअनुसार गठित राजधानी विशेष कमिटीको आज घोषणा गरिएको छ । आज आयोजित कार्यक्रममा सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा सो कमिटीको घोषणासहित आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको विशेष अभियान सुरु भइसकेको छ ।

एमालेको गत भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा सम्पन्न दोस्रो विधान महाधिवेशनले काठमाडौँ उपत्यकालगायत जिल्ला कमिटीलाई समेटेर प्रदेशस्तरको सङ्गठन कमिटी गठनको व्यवस्था गरेको थियो । उक्त व्यवस्थानुसार एमालेको यही पुस २२ गतेको सचिवालय बैठकले नारायण सिलवाल (काठमाडौँ)को नेतृत्वमा पदाधिकारी तोकेको थियो ।

कमिटीको पदाधिकारीमा उपाध्यक्ष प्रेम महर्जन (ललितपुर), सचिव मिलन धरेल (उपत्यका विशेष), उपसचिवद्वय शशिजङ्ग थापा (भक्तपुर) र वेलिमाया घले (काठमाडौँ) रहेका छन् । सो कमिटीको इञ्चार्जमा पार्टीका सचिव डा राजन भट्टराई तोकिएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार