शनिबार, २४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष #एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
राजनीति

अग्नि सापकोटाको दाबी : आगामी निर्वाचनमा नेकपा पहिलो पार्टी बन्छ

निर्वाचन विथोल्न चाहने शक्तिहरू सक्रिय छन्,आयोग चनाखो हुनुपर्छ
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ५ फागुन, २०८२ मा प्रकाशित
अग्नि सापकोटाको दाबी : आगामी निर्वाचनमा नेकपा पहिलो पार्टी बन्छ
काठमाडौं, फागुन ५ :

नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले स्वच्छ, निष्पक्ष एवं भयमुक्त वातावरणमा निर्वाचन सुनिश्चिताका लागि जिम्मेवारी र प्रतिबद्धता प्रदर्शन गर्न सवै पक्षलाई आह्वान गरेको छ ।

नेकपा निर्वाचन परिचालन समितिले मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै संकटबाट देशलाई बाहिर निकाल्न, स्वाधीनता र सार्वभौमसत्ता तथा राष्ट्रिय एकता सुदृढ गर्न, र स्वच्छ, निष्पक्ष एवं भयमुक्त वातावरणमा निर्वाचन सुनिश्चित गर्न सरकार, सुरक्षा निकाय, निर्वाचन आयोगलगायत सबै पक्षलाई उच्चतम इमानदारी, जिम्मेवारी र प्रतिबद्धता प्रदर्शन गर्न आह्वान गरेको हो । सबै पक्षको सामूहिक प्रयासबाट देश निर्वाचनको निर्णायक चरणमा पुगेको भन्दै नेकपाले आफ्नो पार्टीमाथिको विश्वास र भरोसा बढिरहेको दाबी गरेको छ । देशलाई इमान्दारिताका साथ सही दिशामा नेतृत्व गर्न सक्षम शक्ति नेकपा मात्रै भएको नेकपा निर्वाचन परिचालन समितिका संयोजक अग्निप्रसार सापकोटाले बताए।

त्यस्तै नेकपाले निर्वाचन आचारसंहिता उल्लङ्घन हुने विभिन्न प्रकारका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै केही सीमित सञ्चारमाध्यमहरू पत्रकारिताको न्यूनतम मान्यता र आचारसंहिता विपरीत भ्रामक र गलत सूचना फैलाएर नेकपालाई अवमूल्यन गर्ने प्रयासमा निरन्तर लागिरहेको जनाएको छ । नेकपा निर्वाचन परिचालन समितिका संयोजक सापकोटाले निर्वाचन विथोल्न चाहने शक्तिहरू अहिले पनि सक्रिय रहेकाले तोकिएको समयमा नै निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए ।

सापकोटाले पछिल्लो रिपोर्ट हेर्दा आगामी निर्वाचनमा नेकपा पहिलो पार्टी बन्ने स्पष्ट भएको उल्लेख गरे । नेकपाले सबै राजनीतिक दलहरूको विगत र वर्तमानको भूमिका, विचारधारा, एजेन्डा र आगामी रोडम्यापको गहिरो मूल्याङ्कन गर्न, विवेकपूर्ण निर्णय गर्न, र इतिहासका उपलब्धिहरुको रक्षा गर्दै परिवर्तन, स्थायित्व तथा समृद्धिको पक्षमा उभिन आग्रह समेत गरेको छ ।रिएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार