बिहीबार, २२ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#बिजुलीको बिल#स्मार्ट पे रिवार्ड#दुर्गा प्रसाईं#नेपाल पथ पार्टी#निर्वाचन आयोगविरुद्ध प्रदर्शन#राष्ट्रिय भेला आयोजना गर्ने#नेकपा एमाले#बसाइँ र खानपिन खर्च#नवराज सुवेदी#क्षतिपूर्ति दिन सिफारिस#राष्ट्रिय मानव अधिकार आयोग#प्रकाशमान सिंह#लुटपाट#गिरोह#संसदीय विशेष समिति#सभापति कृष्णप्रसाद पौडेल#प्रमुख निर्वाचन आयुक्त#मानबहादुर कार्की #बिजुलीको बिल#स्मार्ट पे रिवार्ड#दुर्गा प्रसाईं#नेपाल पथ पार्टी#निर्वाचन आयोगविरुद्ध प्रदर्शन#राष्ट्रिय भेला आयोजना गर्ने#नेकपा एमाले#बसाइँ र खानपिन खर्च#नवराज सुवेदी#क्षतिपूर्ति दिन सिफारिस#राष्ट्रिय मानव अधिकार आयोग#प्रकाशमान सिंह#लुटपाट#गिरोह#संसदीय विशेष समिति#सभापति कृष्णप्रसाद पौडेल#प्रमुख निर्वाचन आयुक्त#मानबहादुर कार्की
राजनीति

कांग्रेसको निष्कर्ष : पार्टीभित्रकै अन्तर्घातका कारण कम्तीमा २१ निर्वाचन क्षेत्रमा हारियो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ८ चैत, २०८२ मा प्रकाशित
कांग्रेसको निष्कर्ष :  पार्टीभित्रकै अन्तर्घातका कारण कम्तीमा २१ निर्वाचन क्षेत्रमा हारियो
काठमाडौं, चैत ८ :

नेपाली कांग्रेसले हालै सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा कम्तीमा २१ वटा निर्वाचन क्षेत्रमा पार्टीभित्रकै अन्तर्घातका कारण पराजय भोगेको निष्कर्ष निकालेको छ।

पार्टीको जारी केन्द्रीय समितिको बैठकका बारेमा जानकारी गराउँदै प्रवक्ता देवराज चालिसेले ५ देखि ३ हजारभन्दा कम मतान्तरले हारिएका क्षेत्रहरूमा मुख्यत: आन्तरिक कारण जिम्मेवार रहेको बताए ।

यस्तै चालिसेले ३ हजारदेखि ५ हजार मतान्तरले हारिएका क्षेत्रहरुमा भने निर्वाचन अभियानमा कमजोरी देखिएको बताए।  ८ लाख ५० हजारभन्दा बढी क्रियाशील सदस्य भएको कांग्रेसले अपेक्षित मत पाउन नसक्नु पनि गम्भीर प्रश्न बनेको उनको भनाइ छ । उनले केही क्षेत्रमा संगठनात्मक कमजोरी मात्र नभई मतदाताको कांग्रेसलाई गर्ने विश्वासमै कमी आएको बताए।

केन्द्रीय समितिको बैठकले निर्वाचन समीक्षा र सभापतिको राजीनामा विषयमा छलफल गरी पार्टीलाई सशक्त बनाउन कार्यदिशा तय गर्ने निर्णय गरेको छ।

परम्परागत भोट कसरी ट्रान्सफर भयो भन्ने विषयमा कांग्रेसभित्र गहन छलफल भएको छ । ‘यो भोटको माईग्रेसन मात्रै हो कि माइन्डसेट नै माइगे्रशन भएको हो, त्यसलाई हामीले अत्यन्त गम्भीरतापूर्वक हेरिरहेका छौं,’प्रवक्ता चालिसेले भने ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार