शनिबार, २४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष #एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
राजनीति

अदालतले जसको पक्षमा फैसला गर्छ, उसैलाई सभापति मान्न तयार छौं : श्याम घिमिरे

अदालतको फैसला नभई महाधिवेशन गर्नु हुँदैन ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १० चैत, २०८२ मा प्रकाशित
अदालतले जसको पक्षमा फैसला गर्छ, उसैलाई सभापति मान्न तयार छौं : श्याम घिमिरे
काठमाडौं, चैत १० :

नेपाली कांग्रेसका नेता श्याम घिमिरेले निर्वाचनको परिणामपछि आफूहरु कसैले पनि गगन थापाको राजीनामा माग नगरेको स्पष्ट पारेका छन् ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता घिमिरेले निर्वाचनमा पार्टी पराजय हुनुमा पार्टीको आन्तरिक कारण समेत रहेपनि आफूहरु लगाएत अन्य शेर बहादुर देउवा निकट कसैले पनि व्यक्तिगत वा सामूहिक रुपमा राजीनामा माग नगरेको स्पष्ट पारे ।

उनले पार्टीले सहि नीति र निर्णय गर्न नसक्दा निर्वाचनमा अनपेक्षित परिणाम आएको बताए । नेता घिमिरेले पार्टीको विवाद अहिले अदालतमा रहेकाले अदालतले दिने आदेश स्वीकार्य हुने उल्लेख गरे । अदालतले जसको पक्षमा फैसला गर्यो, उसैलाई सभापति मान्न आफूहरु तयार रहेको उनले बताए । 

अदालतमा विचाराधीन पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई नेपाली कांग्रेसको नियमित महाधिवेशन गर्न नहुनेमा उनको जोड छ ।  घिमिरेले काङ्ग्रेसको महाधिवेशनबाट पार्टीको राजनीतिक दृष्टिकोणकासाथै आर्थिक नीति, परराष्ट्र नीति लगाएतमा स्पष्ट भएर अघि बढ्नुपर्ने जिकिर गरे ।

त्यस्तै नेता घिमिरेले राष्ट्रिय सरोकारका बिषयमा ठूलो दल रास्वपाले आगामी दिनमा सवैलाई समेटेर अघि बढ्ने विश्वास व्यक्त गरे । अब बन्ने सरकारले उदारवादी अर्थनीतिलाई नै अवलम्बन गर्नेमा आफू विश्वस्त रहेको उनको भनाइ छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार