शनिबार, २४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष #एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
राजनीति

संविधान पढेर काम गर्न सरकारलाई सांसद दुलालको सुझाव

काम देखाउने नाममा 'स्टन्ट' गरेर समय बर्बाद नगर्न सरकारको ध्यानाकर्षण
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २३ चैत, २०८२ मा प्रकाशित
संविधान पढेर काम गर्न सरकारलाई सांसद दुलालको सुझाव
काठमाडौं, चैत २३ :

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले सरकारलाई संविधानको मर्मअनुसार काम गर्न आग्रह गरेका छन्। सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले काम गरेको देखाउने नाममा ‘स्टन्ट’ गरेर समय बर्बाद नगर्न सरकारको ध्यानाकर्षण गराए।

सांसद दुलालले नेपालको संविधानले समाजवादउन्मुख राज्यव्यवस्था निर्माण गर्ने स्पष्ट संकल्प गरेको उल्लेख गर्दै त्यसअनुसार नीति तथा कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिए।

उनले भने, ‘युवाहरूले यो व्यवस्थाका विरुद्ध होइन, आफ्नो अवस्थाका विरुद्ध संघर्ष गरेका हुन्। समाजमा मौलाउँदै गएको विकृति, विसंगति र भ्रष्टाचारविरुद्ध उनीहरूले आवाज उठाएका हुन्। नवयुवाहरूले आम नागरिकको भावनालाई प्रतिनिधित्व गर्दै विद्रोह गरेका थिए।’

दुलालले सरकारलाई संविधानको मूल भावना बुझेर समाजवादउन्मुख राज्य निर्माणतर्फ ध्यान केन्द्रित गर्न आग्रह गर्दै जनअपेक्षा अनुसार काम गर्नुपर्ने आवश्यकता औंल्याए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार