शनिबार, २४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष #एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
राजनीति प्रदेश बागमती प्रदेश

‘फास्ट ट्रयाक’ बाट कानुन निर्माणको प्रक्रियालाई अघि बढाउने सभामुख अर्यालको प्रतिबद्धता

भन्छन् - सबैले महसुस गर्ने गरी काम पूरा गर्नेछु ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २९ चैत, २०८२ मा प्रकाशित
‘फास्ट ट्रयाक’ बाट कानुन निर्माणको प्रक्रियालाई अघि बढाउने सभामुख अर्यालको प्रतिबद्धता
मलेखु, चैत २९ :

सभामुख डोलप्रसाद अर्यालले देश र जनताका खातिर तटस्थ रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। नेपाल पत्रकार महासङ्घले आज आयोजना गरेको पत्रकार भेटमा उनले कानुन निर्माण र कार्यान्वयन गर्न निष्ठा र निष्पक्षताका साथ लाग्ने बताए।

संविधान संशोधनका साथै  नयाँ कानुन बनाउन सहजकर्ताका रुपमा आफूले देश र जनतालाई केन्द्रमा राखेर काम गर्ने सभामुख अर्यालले बताए ।  “विकास, समृद्धि र खुसी भन्ने कुरा एक दिन पनि ढिला नगरिकन पाउनुपर्छ भन्ने मेरो बुझाइ हो, त्यसकारण सबैले महसुस गर्ने गरी काम पूरा गर्नेछु”, उनले भने ।

जनताले प्रत्यक्ष लाभ पाउने गरी ‘फास्ट ट्रयाक’ बाट कानुन निर्माणको प्रक्रियालाई अघि बढाउने प्रतिबद्धता पनि उनले व्यक्त गरे । बूढीगण्डकी जलासययुक्त आयोजना कार्यान्वयनका निम्ति सरकारलाई निरन्तर झक्झक्याउने उनले बताए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार