शनिबार, २४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष #एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
राजनीति

संसदीय समितिलाई प्रभावकारी रूपमा अघि बढाउन सभामुखको निर्देशन

जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने समिति सभापतिको प्रतिबद्धता
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ७ वैशाख, २०८३ मा प्रकाशित
संसदीय समितिलाई प्रभावकारी रूपमा अघि बढाउन सभामुखको निर्देशन
काठमाडौं, वैशाख ७ :

संसदीय समितिका नवनिर्वाचित सभापतिहरुले आज  सभामुख डोलप्रसाद अर्याललाई भेट गरेका छन् । सो अवसरमा सभामुख अर्यालले ‘मिनी संसद्’का रूपमा रहने संसदीय समितिलाई प्रभावकारी रूपमा अघि बढाउन सभापतिहरूलाई निर्देशन दिए ।

दलीय प्रतिनिधित्व गरेर निर्वाचित भएता पनि समितिका काम कारबाहीमा दलको आस्था र प्रभाव नदेखाउन आग्रह गर्दै उनले सङ्घीय संसद् सचिवालय र आफू सधैँ सहयोगका लागि तत्पर रहेको बताए । समिति सभापतिहरुले आफूले प्राप्त गरेको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाए ।

पुराना असल अभ्यासलाई निरन्तरता दिँदै नवीन ढङ्गबाट संसदीय मूल्य र मान्यतालाई आत्मसात गर्दै समितिका गतिविधि अघि बढाउने बताए । यस अवसरमा प्रतिनिधिसभाका १० र संयुक्त दुई गरी १२ वटा समितिका सभापतिको उपस्थिति रहेको थियो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार