शनिबार, २४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष #एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
राजनीति

सांसद युवराज दुलाल सोध्छन् : सरकारलाई ईन्द्रबहादुर राईको आत्महत्या दुरुत्साहनको मुद्दा लाग्ने कि नलाग्ने ?

सरकार मानव सिर्जित विपत्ति निम्त्याउन उद्दत भएको आरोप
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २८ वैशाख, २०८३ मा प्रकाशित
सांसद युवराज दुलाल सोध्छन् : सरकारलाई ईन्द्रबहादुर राईको आत्महत्या दुरुत्साहनको मुद्दा लाग्ने कि नलाग्ने ?
काठमाडौं, वैशाख २८ :

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक युवराज दुलालले सरकारले मानव बस्तीमा ‘डोजर आतंक’ सिर्जना गरेर नागरिकलाई आत्महत्या गर्न बाध्य बनाएको आरोप लगाएको छ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रमुख सचेतक दुलालले संविधानले आवासको हकलाई मौलिक हकका रूपमा सुनिश्चित गरे पनि सरकार मानव सिर्जित विपत्ति निम्त्याउन उद्दत भएको आरोप लगाए।

सुकुम्बासी बस्तीमा सुरक्षाफौज परिचालन गरेर नागरिकमाथि आतंक सिर्जना गरिएको भन्दै उनले इन्द्रबहादुर राईजस्ता नागरिक आत्महत्या गर्न बाध्य भएको उल्लेख गरे। साथै, यस्तो घटनामा सरकारमाथि आत्महत्या दुरुत्साहनको मुद्दा लाग्ने कि नलाग्ने भन्ने प्रश्न समेत उठाए।

दुलालले मानव बस्तीमा २४ घण्टे अल्टिमेटम दिएर राज्यका सम्पूर्ण सुरक्षा निकाय परिचालन गरी नागरिकलाई त्रसित बनाइएको आरोप समेत लगाए। विधिको शासनको नारा दिएको सरकारले अध्यादेशमार्फत शासन चलाउन खोज्नु उचित नहुने बताए ।

प्रधानन्यायाधीश नियुक्ति प्रक्रियामा सरकारले अवलम्बन गरेको विधिप्रति पनि उनले आपत्ति जनाए ।उनले ६ जनामा तीनतीन जनाले बहुमत हुन्छ भन्नु लोकतन्त्रको अभ्यास हो वा निरंकुश तन्त्रको संकेत हो ? भनी प्रश्न गरे ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार