शनिबार, २४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष #एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
राजनीति

एमालेको बैठकमा निर्वाचनको समीक्षा र आन्तरिक विषयमा छलफल

५ जना उपाध्यक्षले धारणा राखे १२ जनाको पालो भोलि
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ८ जेठ, २०८३ मा प्रकाशित
एमालेको बैठकमा निर्वाचनको समीक्षा र आन्तरिक विषयमा छलफल
काठमाडौं, जेठ ८ :

नेकपा एमाले सचिवालय बैठकमा निर्वाचनको समिक्षा र पार्टीको आन्तरिक विषयमा छलफल भएको छ । 

पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा शुक्रबार बसेको सचिवालय बैठकमा ५ जना उपाध्यक्षहरूले धारणा राखेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।

सचिवालयका अन्य १२ जनाले शनिबार धारणा राख्ने उनले बताए ।  शुक्रबारको बैठकमा कार्यविभाजनको विषयमा प्रवेश नभएपनि केही विषयमा संशोधन हुनसक्ने उनले जानकारी दिए ।

सचिवालयको बैठक शनिबार साढे ११ बजे पुनः बस्ने भट्टले बताए । पार्टी अध्यक्ष केपी शर्मा ओलीले गत जेठ ५ गतेको बैठकमाकार्यविभाजन सम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्तावलाई छलफलपछि परिमार्जनका साथ अघि बढाउने एमालेको तयारी छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार