आइतबार, १३ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#परराष्ट्रमन्त्री शिशिर खनाल#प्रधानमन्त्रीको चीन भ्रमण#टुंगो छैन#नेपाल शिक्षक महासंघ#आन्दोलनको तयारीमा#प्लाटिनम गल्फ#अश्माङ्क कार्की#अञ्जिला योञ्जन#स्पा#गैरकानुनी क्रियाकलाप#देउवा कांग्रेस#प्रकाशशरण महत#वैदेशिक रोजगार ऐन#एआईजी सिद्धीविक्रम शाह#नेता उद्धव थापा#पीवाईईएक्स सियोल शिखर सम्मेलन#हामी तयार छौँ अभियान#नेपाली कांग्रेस #परराष्ट्रमन्त्री शिशिर खनाल#प्रधानमन्त्रीको चीन भ्रमण#टुंगो छैन#नेपाल शिक्षक महासंघ#आन्दोलनको तयारीमा#प्लाटिनम गल्फ#अश्माङ्क कार्की#अञ्जिला योञ्जन#स्पा#गैरकानुनी क्रियाकलाप#देउवा कांग्रेस#प्रकाशशरण महत#वैदेशिक रोजगार ऐन#एआईजी सिद्धीविक्रम शाह#नेता उद्धव थापा#पीवाईईएक्स सियोल शिखर सम्मेलन#हामी तयार छौँ अभियान#नेपाली कांग्रेस
राजनीति

प्रधानमन्त्रीले तथ्यहीन अभिव्यक्ति दिएर भारतलाई उपहार दिए : युवराज दुलाल

‘बहुमतको मूर्ख बल र स्टन्ट शैलीका कारण हिजो राज्यले ठुलो क्षति बेहोर्नुपर्‍यो’
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १८ जेठ, २०८३ मा प्रकाशित
प्रधानमन्त्रीले तथ्यहीन अभिव्यक्ति दिएर भारतलाई उपहार दिए : युवराज दुलाल
काठमाडौं, जेठ १८ :

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले प्रधानमन्त्रीले संसद्‌मा सीमा विवादबारे दिएको अभिव्यक्ति राष्ट्रघाती र आत्मसमर्पणवादी भएको आरोप लगाउँदै उक्त भनाइ फिर्ता नलिएसम्म सदनको कारबाही अघि बढ्न नदिने चेतावनी दिएका छन्।

संसद्‌मा बोल्दै सांसद दुलालले प्रधानमन्त्रीको आकस्मिक प्रश्नोत्तरको कार्यशैली र अभिव्यक्ति परिपक्व नभएको टिप्पणी गरे। "संसद् र कूटनीति जोसले मात्र होइन, होस, अनुभव र जिम्मेवारीबोधले चल्नुपर्छ," उनले भने, "बहुमतको मूर्ख बल र स्टन्ट शैलीका कारण हिजो राज्यले ठुलो क्षति बेहोर्नुपर्‍यो।"

प्रधानमन्त्रीले नेपालले पनि भारतको भूमि मिचेको भनी दिएको अभिव्यक्तिको कडा आलोचना गर्दै दुलालले भने- "लिपुलेख, लिम्पियाधुरा र कालापानी लगायत नेपालको ६० हजार हेक्टर भूमि भारतले अतिक्रमण गरेको तथ्य जगजाहेर छ। भारतीय सेनाले नेपाली भूमि कब्जा गरेको विषयलाई दशगजामा सर्वसाधारणले खेतीपाती गरेको विषयसँग तुलना गर्नु राष्ट्रिय आत्मसमर्पणवाद हो। नेपालले भारतको कुनै भूमि मिचेको छैन।"

सत्तारूढ दलका सभापतिको भारत भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले यस्तो तथ्यहीन अभिव्यक्ति दिनु भारतलाई उपहार दिएको त होइन भन्दै उनले संशय व्यक्त गरे । परराष्ट्र मन्त्रालयले 'क्रस बोर्डर अकुपेन्सी' भन्दै प्रधानमन्त्रीको बचाउ गर्नु झूटको अर्को रूप भएको उनको दाबी छ। पुर्खाहरूले रगत बगाएर बचाएको देशको भूमिलाई अवमूल्यन गर्ने भ्रामक अभिव्यक्ति प्रधानमन्त्रीले रोस्ट्रमबाटै फिर्ता लिएर माफी माग्नुपर्ने अडान दुलालले राखे।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार