आइतबार, १३ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#परराष्ट्रमन्त्री शिशिर खनाल#प्रधानमन्त्रीको चीन भ्रमण#टुंगो छैन#नेपाल शिक्षक महासंघ#आन्दोलनको तयारीमा#प्लाटिनम गल्फ#अश्माङ्क कार्की#अञ्जिला योञ्जन#स्पा#गैरकानुनी क्रियाकलाप#देउवा कांग्रेस#प्रकाशशरण महत#वैदेशिक रोजगार ऐन#एआईजी सिद्धीविक्रम शाह#नेता उद्धव थापा#पीवाईईएक्स सियोल शिखर सम्मेलन#हामी तयार छौँ अभियान#नेपाली कांग्रेस #परराष्ट्रमन्त्री शिशिर खनाल#प्रधानमन्त्रीको चीन भ्रमण#टुंगो छैन#नेपाल शिक्षक महासंघ#आन्दोलनको तयारीमा#प्लाटिनम गल्फ#अश्माङ्क कार्की#अञ्जिला योञ्जन#स्पा#गैरकानुनी क्रियाकलाप#देउवा कांग्रेस#प्रकाशशरण महत#वैदेशिक रोजगार ऐन#एआईजी सिद्धीविक्रम शाह#नेता उद्धव थापा#पीवाईईएक्स सियोल शिखर सम्मेलन#हामी तयार छौँ अभियान#नेपाली कांग्रेस
राजनीति

रास्वपाको महाधिवेशन स्थल परिवर्तन, कहाँ हुने भयो?

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २ असार, २०८३ मा प्रकाशित
रास्वपाको महाधिवेशन स्थल परिवर्तन, कहाँ हुने भयो?
काठमाडौं, असार २ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको स्थल परिवर्तन भएको छ । 

यसअघि रत्ननगर नगरपालिकाको टाँडीस्थित होटल स्टारमा महाधिवेशन आयोजना गर्ने भनिएपनि उक्त स्थान परिवर्तन गरी भरतपुरमा रहेको चितवन उद्योग संघको अन्तराष्ट्रिय प्रर्दशनी केन्द्रमा महाधिवेशन आयोजना गर्ने तय भएको रास्वपा केन्द्रीय सदस्य राजन गौतमले जानकारी दिए । स्थान परिवर्तन भएसंगै चितवनको टाँडीमा करिब ६ हजार अट्ने बाँसको पंडाल बनाउने काम स्थगित गरिएको उनले बताए।

आगामी असार ७ देखि ९ गतेसम्म आयोजना गरिएको महाधिवेशनमा सहभागी हुनेका लागि सौराहा, रत्ननगर र भरतपुरका होटलमा अवासको प्रबन्ध गरिएको छ । पार्टीको स्थानीय जिल्ला र नगरकमिटी, जिल्लामा रहेका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्यहरुको समन्वयमा महाधिवेशन तयारीको लागि १८ वटा उपसमिति बनाएर काम अगाडी बढाइएको केन्द्रीय सदस्य गौतमले बताए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार