
काठमाडौं, साउन १४ :
प्रदर्शनकारीहरुले सिरहाको गोलबजारमा रहेको ‘एबी मल’मा आगजनी गरेका छन् । एक युवकको मृत्यु भएपछि आक्रोशित प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका हुन् ।
सुनसरीको घटनालाई लिएर आज बिहानैदेखि सिरहामा प्रदर्शनले चर्को रुप लिन थालेको थियो ।प्रहरीले अवस्था नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । अवस्था तनावग्रस्त बनेपछि सिरहाका विभिन्न ठाउँमा प्रशासनले कर्फ्यू आदेश जारी गरिएको छ ।