शनिबार, २४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष #एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
राजनीति भिडियो

सांसदहरूले उठाएका प्रश्नको जबाफ दिन प्रधानमन्त्रीलाई सभामुखको रूलिङ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १ भदौ, २०८३ मा प्रकाशित
सांसदहरूले उठाएका प्रश्नको जबाफ दिन प्रधानमन्त्रीलाई सभामुखको रूलिङ
काठमाडौं, भदौ १ :

सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभा बैठकमा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जबाफ दिन प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई रूलिङ गरेका छन्। सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अर्यालले विपक्षी लगायतका सांसदहरूले उठाउँदै आएको विषयमा जवाफ दिन प्रधानमन्त्रीलाई रुलिङ गरेका हुन् ।

‘प्रतिनिधिसभाको बैठकमा उपस्थित भई नियमावलीको नियम ५६, ५७, ५८, ५९ र ६० बमोजिम माननीय सदस्यहरूको प्रश्नको जवाफ दिन म सम्माननीय प्रधानमन्त्रीलाई निर्देश गर्दछु ।’ सभामा सभामुख अर्यालले भने ।

प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सम्बन्धी व्यवस्था छ । तर, यस्तो प्रावधान कार्यान्वयन भएको छैन ।

प्रतिनिधिसभाको आजको बैठकमा पनि विपक्षी दलका सांसदहरुले उभिएर अवरोध गरेपछि रुलिङ गरेका हुन् । प्रधानमन्त्री बालेन्द्र शाहले एक महिनाअघि संसदमा नेपालले पनि भारतको सीमा मिचेको विवादास्पद अभिव्यक्ति दिएपछि विपक्षी दलहरुले त्यसबारेमा प्रधानमन्त्री सदनमा आएर जवाफ दिनुपर्ने होइन भने संसद्को रेकर्डबाट हटाउनु पर्ने भन्दै उनीहरुले लगातार माग गर्दै आएका छन्

विपक्षीले लामो समयदेखि उठाउँदै आएको मागका विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाउँदै सभामुख अर्यालले प्रधानमन्त्रीबाट सम्बोधन हुनेछ भन्ने विश्वास व्यक्त गरेका छन् । विपक्षीले उठाएको विषयमा जवाफ दिन सभामुखले प्रधानमन्त्री लगायतका मन्त्रीहरुलाई रुलिङ गर्न सक्ने भए पनि ढिलो गरेकोमा दलीय प्रभाव भन्दै आशंका गरिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार