शनिबार, २४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष #एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
राजनीति

प्रधानमन्त्री शाहले भदौ १० गते सांसद्का प्रश्नको जवाफ दिने,सीमा मिचेको विषयमा बोल्लान् ?

१५ जना सांसदहरूले मात्र प्रश्न सोध्न पाउँने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १ भदौ, २०८३ मा प्रकाशित
प्रधानमन्त्री शाहले भदौ १० गते सांसद्का प्रश्नको जवाफ दिने,सीमा मिचेको विषयमा बोल्लान् ?
काठमाडौं, भदौ १ :

प्रधानमन्त्री बालेन्द्र शाहले भदौ १० गते प्रतिनिधिसभा बैठकमा उपस्थित भएर सांसदहरुको प्रश्नको जवाफ दिने भएका छन्। प्रश्न सोध्न चाहने सांसदहरूले भदौ ५ गतेभित्र सभाका सचिव समक्ष प्रश्न दर्ता गराइसक्नुपर्ने संसद् सचिवालयले जनाएको छ । १५ जना सांसदहरूले मात्र प्रश्न सोध्न पाउँने जनाइएको छ ।

संसदमा प्रतिनिधित्व गर्ने ६ वटा दलका तर्फबाट एक-एक जना र बाँकी ८ जना सांसद भने दलको हैसियत अनुसार छानिने छन्।  सांसदहरुको निरन्तरको मागपछि सभामुख डोलप्रसाद अर्यालले सोमबार प्रधानमन्त्रीलाई रुलिङ गरेका थिए ।

प्रधानमन्त्री शाह दैनिक कार्यालय समयमै सिंहरदरबार गए पनि नजिकै रहेको संसद् भवनमा भने आकलझुकल मात्र जाने गरेका छन् । प्रधानमन्त्रीलाई सोध्नुपर्ने जनजीविकाका प्रश्नहरु धेरै नै रहेको भन्दै विपक्षी दलका सांसदहरुले प्रश्नोत्तर कार्यक्रम राख्न सभामुखसँग पटकपटक आग्रह गर्दै आएका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार