बिहीबार, २९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#हाइटेन्सन पोल#टुप्पोमा बसेकी किशोरी#भूमि बैंक#मन्त्री महाविर पुन#हेलिकप्टरमार्फत खाद्यान्न#रसुवावासीलाई खाद्यान्न#दसैँ बिदा#आयोग खुला रहने#भोटेकोसी बाढी#नेपाल रेडक्रस सोसाइटी#दुई हजार घर निर्माण गर्ने#केपी शर्मा ओली#परराष्ट्रमन्त्री शिशिर खनाल#खुस्बु ओली#कानुन निर्माण#मतगणना कार्य सकिँदै#कांग्रेस महाधिवेशन #हाइटेन्सन पोल#टुप्पोमा बसेकी किशोरी#भूमि बैंक#मन्त्री महाविर पुन#हेलिकप्टरमार्फत खाद्यान्न#रसुवावासीलाई खाद्यान्न#दसैँ बिदा#आयोग खुला रहने#भोटेकोसी बाढी#नेपाल रेडक्रस सोसाइटी#दुई हजार घर निर्माण गर्ने#केपी शर्मा ओली#परराष्ट्रमन्त्री शिशिर खनाल#खुस्बु ओली#कानुन निर्माण#मतगणना कार्य सकिँदै#कांग्रेस महाधिवेशन
राजनीति

सदनमा परराष्ट्रमन्त्रीले भने : भोटेकोसी बाढीको कारण भूकम्पपछि आएको हिमपहिरो हुनसक्छ

घटनाको यथार्थ अवस्था बुझ्न चीनसँग समेत समन्वय भइरहेको छ ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १० भदौ, २०८३ मा प्रकाशित
सदनमा परराष्ट्रमन्त्रीले भने : भोटेकोसी बाढीको कारण भूकम्पपछि आएको हिमपहिरो हुनसक्छ
काठमाडौं, भदौ १० :

सरकारले रसुवाको भोटेकोसी नदीमा आज बिहान आएको भीषण बाढीको प्रारम्भिक कारण भूकम्पपछि गएको हिमपहिरो रहेको जनाएको छ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सरकारका तर्फबाट घटनाबारे जानकारी गराउँदै परराष्ट्रमन्त्री शिशिर खनालले बिहान ८ बजेर ३७ मिनेटमा उक्त क्षेत्रमा भूकम्प गएको र त्यसपछि हिमपहिरो खस्दा बाढी आएको प्रारम्भिक सूचना प्राप्त भएको बताए। मन्त्री खनालले घटनाको थप पुष्टि तथा विस्तृत विवरण संकलन भइरहेको जनाएको छ।

‘बिहान ८ बजेर ३७ मिनेटमा सो क्षेत्रमा भूकम्प गएको र भूकम्पले हिमपहिरो झरेको। त्यसका कारण बाढी आएको भन्ने प्रारम्भिक सूचना आएको छ,’ मन्त्री खनालले भने, ‘त्यसलाई थप भेरिफाइ गर्नुपर्ने अवस्था छ।’

उनका अनुसार भूकम्पपछि ठूलो पहिरो खसेर नदी थुनिएको र त्यसपछि भोटेकोसीमा भीषण बाढी आएको देखिएको छ। सरकारले प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहतका लागि पहल सुरु गरिसकेको मन्त्री खनालले सदनलाई जानकारी गराए। घटनाको यथार्थ अवस्था बुझ्न छिमेकी राष्ट्रहरूसँग समेत समन्वय तथा सूचना आदान–प्रदान भइरहेको उनले बताए।

सदनलाई गृहमन्त्रीले जानकारी गराउने कार्यतालिका रहेता पनि उनी व्यस्त रहेकाले सरकारको तर्फबाट परराष्ट्रमन्त्री खनालले जानकारी गराएका हुन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार