बुधबार, १४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#केपी शर्मा ओली#कोरिया भ्रमण#विक्रम तिमिल्सिना#प्राकृतिक विपद्#उदयशमशेर राणा#कांग्रेस फुटेको छैन#लामो दूरी#सवारीसाधनमा दुई चालक#विद्यादेवी भण्डारी#लामाबगर#पहिरो#मन्त्रिपरिषद्को निर्णय#चोलेन्द्रशम्शेर पक्राउ प्रकरण#रेस्क्यू#बागमती प्रदेश सरकार#भोटेकोशी#पुनर्निर्माणमा होडबाजी #केपी शर्मा ओली#कोरिया भ्रमण#विक्रम तिमिल्सिना#प्राकृतिक विपद्#उदयशमशेर राणा#कांग्रेस फुटेको छैन#लामो दूरी#सवारीसाधनमा दुई चालक#विद्यादेवी भण्डारी#लामाबगर#पहिरो#मन्त्रिपरिषद्को निर्णय#चोलेन्द्रशम्शेर पक्राउ प्रकरण#रेस्क्यू#बागमती प्रदेश सरकार#भोटेकोशी#पुनर्निर्माणमा होडबाजी
राजनीति

सरकारलाई सांसद दुलालको प्रश्न : मध्यरातमा के खान्छन् र असंवैधानिक काम हुन्छ?

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ दिन अगाडि प्रकाशित
सरकारलाई सांसद दुलालको प्रश्न : मध्यरातमा के खान्छन् र असंवैधानिक काम हुन्छ?
काठमाडौं, असोज १२ :

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको मध्यरातको गिरफ्तारीलाई लिएर सरकारको आलोचना गरेका छन् । 

सोमबार प्रतिनिधिसभा बैठकमा दुलालले  के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ भन्दै सरकारलाई प्रश्न गरे। उनले विपत्तिको समयमा नागरिकलाई राहत दिनुको साटो सरकारको ध्यान अन्यत्र केन्द्रित भएको बताए।

उनले  देशका विभिन्न भागमा अविरल वर्षाका कारण भएको जनधनको क्षतिप्रति दु:ख व्यक्त गरे । पूर्वप्रधानन्यायाधीश जबरालाई पक्राउ गरिएको घटनाप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै १२ घण्टा नबित्दैको  रिहा गरिनु ‘बहुलाठीपूर्ण पागलपन’ भन्दै टिप्पणी गरे। दुलालले कानुनी राज्यको उपहास भएको जनाउँदै सरकारलाई संवैधानिक र कानुनी बाटोबाट देश सञ्चालन गर्न पुनः सचेत गराए। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार