शनिबार, २४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष #एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
राजनीति शिक्षा

नेसनल मेडिकल कलेजमा नक्कली प्राध्यापक खडा गरी पीजी सिट लिएको अन्सारीको आरोप

निरीक्षण टोली आउँदा सुरक्षा गार्डलाई बिरामी बनाएर बेडमा सुताउने गरियो
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १६ असोज, २०८३ मा प्रकाशित
नेसनल मेडिकल कलेजमा नक्कली प्राध्यापक खडा गरी पीजी सिट लिएको अन्सारीको आरोप
काठमाडौं, असोज १६ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रहबर अन्सारीले वीरगन्जस्थित नेसनल मेडिकल कलेजले करिब २५ जना नक्कली प्राध्यापक खडा गरी पोस्ट ग्राजुएट (पीजी) सिट लिएको आरोप लगाएका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै अन्सारीले चिकित्सा शिक्षा आयोगको निरीक्षण टोली आउँदा सुरक्षा गार्डलाई बिरामी बनाएर बेडमा सुताउने र नक्कली प्राध्यापक देखाएर राज्यलाई झुक्याउने गरिएको दाबी गरे। उनले कलेजमा मेडिकल शिक्षाका नाममा भइरहेको भनिएको गैरकानुनी गतिविधि र बेथितिबारे तत्काल छानबिन गर्न माग गरे।

अन्सारीका अनुसार कलेजले नेपाली विद्यार्थीबाट परीक्षा पास गराइदिने भन्दै प्रतिविषय ३ लाख रुपैयाँ र विदेशी विद्यार्थीबाट ५ लाख रुपैयाँसम्म असुल्ने गरेको छ। उनले रकम लिएपछि उत्तरपुस्तिकामा आफैं उत्तर लेखेर पास गराउने गरेको आरोपसमेत लगाए।

कलेजले विद्यार्थीलाई करिब १० दिनदेखि होस्टेलबाट निकाल्नुका साथै कलेज प्रवेशमा समेत रोक लगाएको उनको भनाइ छ। विगतका सत्तासीनहरूको संरक्षणका कारण कलेज सञ्चालकमाथि कारबाही हुन नसकेको आरोप लगाउँदै अन्सारीले तत्काल छानबिन गरी प्रभावित विद्यार्थीलाई अन्य कलेजमा व्यवस्थापन गर्न सरकारसँग माग गरे।

यस्तो बेथिति नरोकिए गलत उपचारका कारण निकट भविष्यमै गम्भीर स्वास्थ्य दुर्घटना निम्तिन सक्ने चेतावनीसमेत उनले दिए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार