सोमबार, १९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

सभामुख अर्याल आइपीयू महासभामा सहभागी हुन् तान्जानिया प्रस्थान

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · ६ घण्टा अगाडि प्रकाशित
सभामुख अर्याल आइपीयू महासभामा सहभागी हुन् तान्जानिया प्रस्थान
काठमाडौं, असोज १८ :

सभामुख डोलप्रसाद (डिपी) अर्याल अन्तर व्यवस्थापिका सङ्घ (आइपियु) को १५३औँ महासभामा सहभागी हुन एक संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज तान्जानियातर्फ प्रस्थान गरेका छन् ।

सभामुख अर्याल आज साँझ ७ बजे कतार एयरवेजको उडानमार्फत त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल, काठमाडौँबाट तान्जानियातर्फ प्रस्थान गरेको सभामुख अर्यालको निजी सचिवालयले जनाएको छ । प्रतिनिधिमण्डलमा सभामुखको धर्मपत्नी अम्बिका केसी, प्रतिनिधिसभाका सदस्य रविन महतो, राष्ट्रियसभाका सदस्यहरू झक्कुप्रसाद सुवेदी र अञ्जान शाक्य सहभागी हुनुहुन्छ ।

साथै, प्रतिनिधिसभाका महासचिव पद्मप्रसाद पाण्डे, प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारी, सहसचिव रेखा उपाध्याय खनाल तथा सभामुखका निजी सचिव मधु मिजार पनि प्रतिनिधिमण्डलमा सहभागी छन् ।

तान्जानियाको अरुषा सहरमा आयोजना हुने अन्तरव्यवस्थापिका सङ्घको १५३औँ महासभा ५ देखि ९ अक्टोबर २०२६ (१९ देखि २३ असोज २०८३) सम्म सञ्चालन हुनेछ । महासभामा विश्वभरका संसद्का प्रतिनिधिहरूको सहभागिता रहनेछ । महासभाका क्रममा विभिन्न विषयगत स्थायी समितिका बैठक, गभर्निङ काउन्सिलको बैठक, महासभा तथा द्विपक्षीय भेटवार्तालगायत कार्यक्रम सञ्चालन हुनेछन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार