सोमबार, १९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेपाली कांग्रेस#१५औँ महाधिवेशन#चार प्रतिवेदन#आपूर्तिमन्त्री दीपक साह#आइसिसी विश्वकप लिग#एकदिवसीय मान्यता#मन्त्रिपरिषद्को निर्णय#उपसभापति विश्वप्रकाश शर्मा#झलनाथ खनाल#नेकपाबाट बाहिरिए#महामन्त्री विपिन आचार्य#प्रधान सेनापति#अशोकराज सिग्देल#डिला संग्रौला#महामन्त्री#उम्मेदवारी घोषणा#भोटेकोशी बाढी #नेपाली कांग्रेस#१५औँ महाधिवेशन#चार प्रतिवेदन#आपूर्तिमन्त्री दीपक साह#आइसिसी विश्वकप लिग#एकदिवसीय मान्यता#मन्त्रिपरिषद्को निर्णय#उपसभापति विश्वप्रकाश शर्मा#झलनाथ खनाल#नेकपाबाट बाहिरिए#महामन्त्री विपिन आचार्य#प्रधान सेनापति#अशोकराज सिग्देल#डिला संग्रौला#महामन्त्री#उम्मेदवारी घोषणा#भोटेकोशी बाढी
राजनीति भिडियो

डिला संग्रौलाद्वारा महिला महामन्त्री पदमा उम्मेदवारी घोषणा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · २ घण्टा अगाडि प्रकाशित
डिला संग्रौलाद्वारा महिला महामन्त्री पदमा उम्मेदवारी घोषणा
काठमाडौं, असोज १९ :

नेपाली कांग्रेसकी सहमहामन्त्री डिला संग्रौलाले पार्टीको महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । सोमबार महाधिवेशन स्थल खुलामञ्चमा पत्रकार सम्मेलन गर्दै उनले महिला महामन्त्री पदमा उमेदवारी दिने घोषणा गरेकी हुन्। 

आफूले महिलाका बाँकी रहेका मुद्दा तथा सवालहरूलाई अझ सशक्त रूपमा उठाउनका लागि महामन्त्री पदमा उम्मेदवारी दिन लागेको उनले बताइन्। विद्यार्थी राजनीतिदेखि सुरु गरी २०३६ को जनमत सङ्ग्रह, २०४६ को परिवर्तन र २०६२/६३ को जनान्दोलनमा सहभागी भएको लामो अनुभव रहेको भन्दै उनले आफ्नो अनुभवले युवा पुस्ता र पुराना पुस्तालाई जोड्दै सन्तुलित रूपमा अगाडि बढ्न मद्दत पु¥याउने धारणा राखिन् ।

गगन कुमार थापाको नेतृत्वमा भइरहेको पार्टीको रूपान्तरण अभियानमा सह–महामन्त्रीका रूपमा पहिले पनि काम गरिसकेको र यसलाई अझ सुदृढ बनाउन थप क्रियाशिल हुने उनको भनाइ छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार