बिहीबार, २२ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सुन बरामद#एक्सरसाइज क्यामब्रियान पट्रोल#बिजुलीको बिल#स्मार्ट पे रिवार्ड#दुर्गा प्रसाईं#नेपाल पथ पार्टी#निर्वाचन आयोगविरुद्ध प्रदर्शन#राष्ट्रिय भेला आयोजना गर्ने#नेकपा एमाले#बसाइँ र खानपिन खर्च#नवराज सुवेदी#क्षतिपूर्ति दिन सिफारिस#राष्ट्रिय मानव अधिकार आयोग#प्रकाशमान सिंह#लुटपाट#गिरोह #सुन बरामद#एक्सरसाइज क्यामब्रियान पट्रोल#बिजुलीको बिल#स्मार्ट पे रिवार्ड#दुर्गा प्रसाईं#नेपाल पथ पार्टी#निर्वाचन आयोगविरुद्ध प्रदर्शन#राष्ट्रिय भेला आयोजना गर्ने#नेकपा एमाले#बसाइँ र खानपिन खर्च#नवराज सुवेदी#क्षतिपूर्ति दिन सिफारिस#राष्ट्रिय मानव अधिकार आयोग#प्रकाशमान सिंह#लुटपाट#गिरोह
राजनीति

एमालेले मंसिरको पहिलो साता राष्ट्रिय भेला आयोजना गर्ने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · ३ घण्टा अगाडि प्रकाशित
एमालेले मंसिरको पहिलो साता राष्ट्रिय भेला आयोजना गर्ने
ललितपुर, असोज २२ :

नेकपा एमालेले मङ्सिर पहिलो साता राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ ।  पार्टी कार्यालय च्यासलमा बिहीबार बसेको एमाले स्थायी कमिटी बैठकले पार्टीका प्रदेश, जिल्ला, पालिकाका पदाधिकारीहरू तथा सङ्घ, प्रदेश र पालिकाका जनप्रतिनिधिहरूको सहभागिता रहने गरि मङ्शिर पहिलो साता राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको एमाले उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।

बैठकले आगामी मङ्शिर २६ गते वडा अधिवेशन र पुस ४ गते पालिका अधिवेशन गर्ने निर्णय गरेको उनले बताए । नगर र वडा अधिवेशन पश्चात् प्रदेश स्तरीय भेला आयोजना गर्ने निर्णय बैठकले गरेको छ । साथै बैठकले १३ वटा जिल्लामा अध्यक्ष पद खाली रहेकाले स्थानीय कमिटीले नै सिफारिस गरी माथिल्लो कमिटीबाट अनुमोदन गराई आयोजक समितिको रूपमा काम अघि बढाउने निर्णय भएको भट्टले बताए । 

त्यस्तै मधेश प्रदेशको रौतहट जिल्लाकी समानुपातिक सांसद जैनब खातुनको निधन भएकाले, मापदण्ड अनुरूप बन्दसूचीको क्रम अनुसार धनुषाकी नजमा खातुनलाई पठाउने निर्णय गरिएको उनले जानकारी दिए । बैठकमा वरिष्ठ नेता विद्यादेवी भण्डारीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सपथ गराएका थिए ।  अन्य कार्यसूचीहरूमा छलफल गर्न शुक्रबार दिउँसो १ बजे पुनः बैठक बस्ने उपमहासचिव भट्टले बताए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार