प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले देश समृद्ध बनाउन र भ्रष्टाचार सधैँका लागि अन्त्य गर्न भ्रष्टाचारमुक्त समाज निर्माणको अभियानमा लागेको बताएका छन्। आज लायन्स क्लब अफ पोखराको ५०औँ वर्षको अवसरमा आयेजित स्वर्ण महोत्सवलाई सम्बोधन गर्दै उनले देशमा सुशासन कायम गरी भ्रष्टाचारलाई सधैँका लागि अन्त्य गर्ने बृहत् अभियानका साथ सदनलाई प्रभावकारी बनाउने कार्यमा आफू जुटेको बताए ।
राजनीतिमा प्रवेश गरेसँगै इमानदारीपूर्वक, जनहित र राष्ट्रलाई केन्द्रमा राखेर काम गरिरहेको बताउँदै सभामुख अर्यालले भने, “यो देशमा भ्रष्टाचार सधैँका लागि अन्त्य गर्नका लागि एउटा योजना र सोच लिएर अभियानमा जुटेको छु ।” सुशासनको प्रत्याभूति भएमा मात्रै वर्तमान र भावी पुस्ता सुरक्षित रहने उनको भनाइ छ ।
सभामुख अर्यालले भने, “हामीले यो देशमा सुशासन कायम गर्यौँ भने हामीसँगै हाम्रा सन्तान र परिवार, समाज सधैँ सुरक्षित हुनेछौँ ।” आसन्न संसद्को कामकारबाहीलाई मर्यादित र नतिजामुखी बनाउने विषयमा चर्चा गर्दै उनले भने, “अब सदन सुरु हुँदैछ, सदनलाई सकारात्मक र नतिजामूखी बनाउन सहकार्य र समन्वयलाई जोड दिनेछु । यसका लागि तपाईंहरूबाट थुप्रै प्रेरणा प्राप्त गरेको छु ।”
कानुन निर्माण गर्दा देशको भूगोल सुहाउँदो, अभिभावक तथा अग्रजको सम्मान हुने र भावी पुस्ताले गर्व गर्नसक्ने व्यवस्था समेटिनुपर्ने सभामुख अर्यालले बताए । प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यसहित ३३४ जना सांसदले कानुन निर्माणमा भूमिका निर्वाह गर्ने उल्लेख गर्दै उनले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिसम्म कानुन निर्माणको विषय सार्वजनिक हुने बताए ।
सभामुख अर्यालले देशलाई आर्थिक रूपमा समृद्ध बनाउन निजी क्षेत्रको सुदृढीकरण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उनले भने, “जबसम्म हामी निजी क्षेत्रलाई बलियो बनाउन सक्दैनौँ, तबसम्म देश समृद्ध हुन सक्दैन ।” लायन्स क्लबमा शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि र व्यवसायलगायत समाजका विविध क्षेत्रका सफल व्यक्तित्व, अग्रज तथा जनप्रतिनिधिको आबद्धता रहेको सभामुख अर्यालले स्मरण गर्नुभयो । उनले लायन्स क्लबमा विद्यार्थी, प्राध्यापक, नर्स, चिकित्सक, व्यवसायी, कृषक, मजदुर, गैरआवासीय नेपाली र जनप्रतिनिधि सबै क्षेत्रको प्रतिनिधित्व रहेको बताए ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
परराष्ट्रमन्त्री खनालले भने- प्रधानमन्त्रीको चीन भ्रमण कहिले हुन्छ भन्ने टुङ्गो छैन
निम्तो छ जाने टुंगो छैन : प्रधानमन्त्री शाहको चीन भ्रमण तत्काल नहुने
गगन थापाको माग : २०४६ सालदेखि सार्वजनिक पदमा रहेका सबैको सम्पत्ति छानबिन गरियोस्
राप्रपाका एक लाख १० हजार क्रियाशील सदस्य अद्यावधिक, विगतको भन्दा कति घट्यो ?
थप समाचार
परराष्ट्रमन्त्री खनालले भने- प्रधानमन्त्रीको चीन भ्रमण कहिले हुन्छ भन्ने टुङ्गो छैन
विगतका सहमति कार्यान्वयन नभएको भन्दै शिक्षक महासंघ पुनः आन्दोलनको तयारीमा
आईएमई प्लाटिनम गल्फको उपाधि अश्माङ्क कार्कीले जिते, महिलातर्फ अञ्जिला बनिन् च्याम्पियन