नेपाली कांग्रेसले आगामी स्थानीय तहको निर्वाचनलाई ध्यानमा राख्दै देशभरका ७५३ वटै पालिकामा पार्टी सङ्गठन विस्तार, नेतृत्व विकास र सम्भावित उम्मेदवार पहिचान गर्ने उद्देश्यले ‘हामी तयार छौँ अभियान’सञ्चालन गर्ने तयारी गरेको छ।
पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज आयोजित कार्यक्रममा सभापति गगनकुमार थापाले अभियानका लागि खटिने प्रतिनिधिलाई अभिमुखीकरण गरे। उनले अभियानका क्रममा पालिकास्तरीय पार्टी सदस्यको भेला गरी १५औँ महाधिवेशनबाट पारित नीति, कार्यक्रम, राजनीतिक प्रतिबद्धता, प्रतिपक्षको भूमिका र स्थानीय सरकारप्रतिको दृष्टिकोणबारे जानकारी गराउन निर्देशन दिए।
कांग्रेसले स्थानीय तहका सम्भावित उम्मेदवारलाई लक्षित गरी ‘लिडरसिप एकेडेमी’मार्फत नेतृत्व विकाससम्बन्धी ४० देखि ४५ दिनको पाठ्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ। मेयर, उपमेयर, गाउँपालिका अध्यक्ष तथा वडाध्यक्षका आकाङ्क्षीलाई स्थानीय सरकारका अधिकार, शिक्षा, स्वास्थ्य, सार्वजनिक वित्त र सुशासनलगायत विषयमा प्रशिक्षण दिइने सभापति थापाले बताए।
सभापति थापाले स्थानीय तहमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई पार्टीको नीति, नियम र घोषणापत्रअनुसार काम नगरेमा फिर्ता बोलाउने बताए। ‘अब स्थानीय निर्वाचनमा जितेर गएको साथीले पहिलाको जस्तो फुक्काफाल काम गर्न मात्र पाउँदैन,’ सभापति थापाले भने, ‘यसपालि नेपाली कांग्रेस पार्टीको तर्फबाट उम्मेदवार लिएर जाँदै गर्दाखेरि पार्टीको नीति, नियमभन्दा बाहिर गयो भने पार्टीको विधान व्यवस्था छ, रिकलको व्यवस्था, पार्टीले मलाई फिर्ता बोलाउन सक्छ, त्यो कुरालाई उसले मानेर लेखेर लान्छ।’
आगामी स्थानीय निर्वाचनमा पार्टीको उम्मेदवार बनेर जाने व्यक्तिले टिकट लिँदै गर्दा पार्टीको नीति, नियम र अनुशासन पालना गर्ने प्रतिबद्धता जनाउनुपर्ने बताए।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
परराष्ट्रमन्त्री खनालले भने- प्रधानमन्त्रीको चीन भ्रमण कहिले हुन्छ भन्ने टुङ्गो छैन
निम्तो छ जाने टुंगो छैन : प्रधानमन्त्री शाहको चीन भ्रमण तत्काल नहुने
गगन थापाको माग : २०४६ सालदेखि सार्वजनिक पदमा रहेका सबैको सम्पत्ति छानबिन गरियोस्
राप्रपाका एक लाख १० हजार क्रियाशील सदस्य अद्यावधिक, विगतको भन्दा कति घट्यो ?
थप समाचार
परराष्ट्रमन्त्री खनालले भने- प्रधानमन्त्रीको चीन भ्रमण कहिले हुन्छ भन्ने टुङ्गो छैन
विगतका सहमति कार्यान्वयन नभएको भन्दै शिक्षक महासंघ पुनः आन्दोलनको तयारीमा
आईएमई प्लाटिनम गल्फको उपाधि अश्माङ्क कार्कीले जिते, महिलातर्फ अञ्जिला बनिन् च्याम्पियन