शनिबार, २४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष #एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
राजनीति भिडियो

वर्षमानलाई ओलीको जवाफ : कसैको पार्टी फुटाउन अध्यादेश ल्याएका होइनौं

पुनलाई अर्थतन्त्रको चिन्ता लिनुअघि आफू अर्थमन्त्री हुँदाको अवस्था स्मरण गर्न पनि आग्रह
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ५ फागुन, २०८१ मा प्रकाशित
वर्षमानलाई ओलीको जवाफ : कसैको पार्टी फुटाउन अध्यादेश ल्याएका होइनौं
काठमाडौं, फागुन ५ :

प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई सेवा सुविधामा सहज गराउन सरकारले अध्यादेश ल्याएको दाबी गरेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा माओवादी सांसद वर्षमान पुनले सोधेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

सांसद वर्षमान पुनले अध्यादेशलाई ल्याएर संसद्लाई किन होच्याएको ? भनि गरेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले २०८० वैशाख २० गते सम्झन समेत आग्रह गरे ।आवश्यक पर्दा सरकारले अध्यादेश ल्याउने कुरा संविधानले नै व्यवस्था गरेको उनले उल्लेख गरे ।

२०८० वैशाख २० गते संसद् सुरु हुनुभन्दा ४ दिन अघि अध्यादेश ल्याएको स्मरण गराउँदै अध्यादेश ल्याउने अधिकार उहाँ सम्मिलित सरकारलाई मात्रै थियो भन्ने हो भने बेग्लै कुरा हो भनि व्यङ्ग्य गरे।

प्रधानमन्त्री ओलीले कसैको पार्टी फुटाउने र जोड्ने आफ्नो काम नभएको बताउँदै कसैको पार्टी फुटाउने धेयले नल्याएका स्पष्ट पारे । राम्रा हुँदा हुँदै पनि अध्ययादेशको प्रतिपक्षीले किन विरोध गरेको भन्दै ओलीले प्रतिप्रश्न गरे ।
ओलीले भने, ‘त्यसबेला मेरै पार्टी फुटाउन २० वा २० प्रतिशत भनेर अध्यादेश जारी गरिएको होइन र ?,’त्यसरी त यसमा किटान गरेका छैनौं ।’

प्रधानमन्त्री ओलीले नेकपा  पुनलाई अर्थतन्त्रको चिन्ता लिनुअघि आफू अर्थमन्त्री हुँदा केके अवस्था थियो भनेर स्मरण गर्न पनि आग्रह गरे ।पुनको प्रश्नको जवाफमा ओलीले सातमहिना अघि आफैँ प्रधानमन्त्री हुँदाको अवस्था हेर्न आग्रह गरे।देशको अर्थतन्त्र झन कमजोर भएको र सरकार अध्यादेशमै रमाइरहेको भन्दै पुनले प्रधानमन्त्रीसँग जवाफ माग गरेका थिए। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार