शनिबार, २४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष #एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
राजनीति

प्रभु साहको प्रश्नमा किन रिसाए प्रधानमन्त्री ?

प्रधानमन्त्रीले प्रश्नोत्तर कार्यक्रमको समेत धज्जी उडाइदिनुभयो : प्रभु साह
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ५ फागुन, २०८१ मा प्रकाशित
प्रभु साहको प्रश्नमा किन रिसाए प्रधानमन्त्री ?
काठमाडौं, फागुन ५ :

प्रनिनिधिसभाको आइतबारको बैठकमा प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर कार्यक्रम सम्पन्न भएको छ। 

अन्तिममा प्रश्न गरेका सांसद प्रभु साहको प्रश्नमा भने प्रधानमन्त्री केपी ओली रिसाए । वैदेशिक रोजगारमा जानेहरुको विषयलाई उठान गरेका साहको जवाफमा  प्रधानमन्त्रीले भने, ‘म म्यानपावर कम्पनीको मान्छे हो र ?’

वैदेशिक रोजगारमा जाने क्रम आफ्नो सरकारको पालामा आएर मात्र नभई पहिले देखिनै भएको ओलीको भनाइ थियो । 
‘म सरकारमा आएपछि आठ महिनाबाट सुरु भएको हो ? तपाईंले भनेको ७० लाख आठ महिनामा गएका हुन् ?,’ प्रधानामन्त्रीले भने । प्रधानमन्त्रीको जवाफ चित्त नबुझेपछि सांसद साह उठेर प्रशन गर्न थालेपछि सभामुखले रोके । ।

 त्यसपछि प्रधानमन्त्री ओलीले माननीय ज्यू ले राख्नु भएको प्रश्नको जवाफ खासै दिइरहन जरुरी छैन ।आफैँ उत्तर बोकेर आउनु भएको छ, प्रश्नमा मैले धेरै उत्तर दिइरहन परेन भन्दै जवाफ नै नदिइ हिँडे । 

यसैबीच आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले आफ्ना प्रश्नबाट भागेर प्रधानमन्त्री केपी शर्मा ओलीले कानुनी शासनको उपहास गरेको आरोप लगाएका छन् । संसद् भवन परिसरमै सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले लोकतन्त्रमा जनताका प्रश्नको जवाफ दिन सक्नुपर्ने बताए ।

सांसद साहले भने,‘ओली ज्यूले संसद्को अपमान मात्र गर्नु भएन कि  प्रश्नोत्तर भन्ने कार्यक्रमको समेत धज्जी उडाइदिनुभयो ।’ 

आइतबार प्रतिनिधिसभा बैठकमा सांसद साहले ओलीलाई विभिन्न ८ वटा प्रश्न गरेका थिए । प्रधानमन्त्री ओलीले ती प्रश्नहरूको जवाफ दिनुको सट्टा  रोष्ट्रमबाटै आक्रोश पोखेका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार