आइतबार, २५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान #घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान
राजनीति

महराको चिन्ता : देश जटिल परिस्थितिमा छ, के हुन्छ भन्न सकिँदैन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, ९ चैत, २०८१ मा प्रकाशित
महराको चिन्ता : देश जटिल परिस्थितिमा छ, के हुन्छ भन्न सकिँदैन
फाइल फोटो ।
काठमाडाैं, चैत ९ :

नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले मुलुकको परिस्थिति अत्यन्तै जटिल बन्दै गएको बताएका छन्।

ललितपुरको गोदावरीमा शनिबार आयोजित दाङ–काठमाडौं सम्पर्क समन्वय समितिको तेस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले राजावादी र राजनीतिक दलहरूबीचको द्वन्द्व गम्भीर मोडमा पुगेको बताए।

एयरपोर्टमा राजावादीहरूको भीड देखियो, जसले राजनीतिक द्वन्द्वको संकेत दिन्छ,’महराले भने, ‘मैले राज्यका एक प्रमुख अधिकारीसँग कुरा गर्दा पनि अवस्था गम्भीर रहेको ब्रिफिङ पाएँ।’

महराले नेपालप्रति भारत, अमेरिका र चीनको गम्भीर चासो रहेको भन्दै देशभित्र मात्र नभइ अन्तर्राष्ट्रिय परिस्थिति पनि जटिल रहेको उल्लेख गरे।

उनले सत्तारूढ दल एमाले र कांग्रेस दैनिक लुटमा केन्द्रित रहेकोआरोप लगाउँदै सरकार कुनै पनि सार्वजनिक कार्यक्रममा खुला रूपमा जान नसकेको टिप्पणी गरे। पार्टीभित्रको संगठन विस्तारमा जोड दिँदै उनले माओवादी केन्द्रप्रति आकर्षण बढेको दाबी गरे।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार