शुक्रबार, २३ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सुन बरामद#एक्सरसाइज क्यामब्रियान पट्रोल#बिजुलीको बिल#स्मार्ट पे रिवार्ड#दुर्गा प्रसाईं#नेपाल पथ पार्टी#निर्वाचन आयोगविरुद्ध प्रदर्शन#राष्ट्रिय भेला आयोजना गर्ने#नेकपा एमाले#बसाइँ र खानपिन खर्च#नवराज सुवेदी#क्षतिपूर्ति दिन सिफारिस#राष्ट्रिय मानव अधिकार आयोग#प्रकाशमान सिंह#लुटपाट#गिरोह #सुन बरामद#एक्सरसाइज क्यामब्रियान पट्रोल#बिजुलीको बिल#स्मार्ट पे रिवार्ड#दुर्गा प्रसाईं#नेपाल पथ पार्टी#निर्वाचन आयोगविरुद्ध प्रदर्शन#राष्ट्रिय भेला आयोजना गर्ने#नेकपा एमाले#बसाइँ र खानपिन खर्च#नवराज सुवेदी#क्षतिपूर्ति दिन सिफारिस#राष्ट्रिय मानव अधिकार आयोग#प्रकाशमान सिंह#लुटपाट#गिरोह
समाचार

आयोगले भन्यो - राजावादीको प्रदर्शन हिंसात्मक भयो , संलग्नलाई कारबाही गरियोस्

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १५ चैत, २०८१ मा प्रकाशित
आयोगले भन्यो - राजावादीको प्रदर्शन हिंसात्मक भयो , संलग्नलाई कारबाही गरियोस्
काठमाडाैं, चैत १५ :

राष्ट्रिय मानव अधिकार आयोगले राजावादीहरुको शुक्रबारको प्रदर्शन हिंसात्मक भएको निष्कर्ष निकालेको छ । आयोगले  एक विज्ञप्ति जारी गरी अनुगमनको क्रममा राजावादीहरुको आन्दोलन हिंसात्मक देखिएको जनाएको छ ।

प्रहरीको घेरा तोडी प्रदर्शनकारीहरु बानेश्वरतिर जान खोज्दा आन्दोलन हिंसात्मक बनेको जनाइएको छ । प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएको, प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेको, व्यक्तिको घरमा ढुंगा हान्ने र आगजनी गर्ने काम भएको विज्ञप्तिमा उल्लेख छ ।

प्रदर्शनकारीले तीनकुनेमा व्यक्तिगत घर,सञ्चारमाध्यम, कलेजमा आगजनी र आक्रमण हुनुका साथै आगो निभाउन हिँडेको दमकल तथा सशस्त्रको गाडीमा समेत ढुंगा प्रहार गरेको आयोगले जनाएको छ ।

अनुगमन गर्न पुगेको आयोगको टोलीमाथि समेत प्रदर्शनकारीहरुबाट आक्रमण भएको जनाएको छ । प्रहरीले व्यक्तिको निजी आवास प्रयोग गरेर अश्रुग्यास प्रहार गरेको, भीड नियन्त्रणका लागि प्रहरीले पानीको फोहोरा र हवाई फायर गरेको पनि आयोगले जनाएको छ । आयोगले  हिंसात्मक कार्यमा संलग्न जोकोहीलाई कानुनी दायरामा ल्याई कारवाही गर्न  सरकारलाई आग्रह गरेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार