काठमाडौंको टोखाबाट करिब २५ करोड रुपैयाँ बराबरको डलर र युरोसहित पक्राउ परेका ट्रक चालकलाई जेल चलान गरिएको छ ।
सिन्धुपाल्चोकका फुच्चे भनिने ४३ वर्षीय कुसाङ लामा (ट्रक चालक)लाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको हो।
उनीमाथि विदेशी विनिमय (नियमन गर्ने) ऐन २०१९ को दफा ३, ४, ५ र ९ अनुसारको कसुरमा मुद्दा दायर भएको थियो ।
लामाले ना ७ ख १६५२ नम्बरको ट्रकमा फल्स बटम बनाएर रकम लुकाइ चीनतर्फ लैजाँदै गर्दा गत चैत ४ गते राति प्रहरीले झोरबाट पक्राउ गरेको थियो। लामा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ का स्थायी बासिन्दा हुन्।
उक्त रकमका वास्तविक मालिकका रूपमा ठानिएका सिन्धुपाल्चोककै भोटेकोशी गाउँपालिका–४ स्थायी घर भई हाल टोखा नगरपालिका–१० बसोबास गर्ने नारायण पौडेल भने हालसम्म फरार छन्।
दुवैजनाविरुद्ध २५ करोड ३४ लाख ७८ हजार ८४२ रुपैयाँ बराबरको बिगो तथा जरिवाना मागदाबी गरिएको छ। घटनासँग सम्बन्धित थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
बूढीगण्डकी बाढीः नेपाली सनाको उद्धार टोली प्रभावित क्षेत्रमा सक्रिय
बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात
चुमनुब्रीका ३५ घर बगे, दोभान, घट्टेखोला, जगत् र सल्लेरी गाउँमा व्यापक क्षति