
काठमाडौं, वैशाख २४ :
व्यापारी अमित अग्रवाल डिल्लीबजार कारागार चलान भएका छन् । अदालतले तोकेको डेढ करोड जरिवाना तिर्न नसकेपछि उनी जेल चलान भएका हुन्। प्रहरीले उनलाई मंगलबार स्वयम्भूबाट पक्राउ गरेको थियो ।
बैंकिङ कसुर र चेक अनादरका दुईवटा मुद्दामा उनलाई जिल्ला अदालत काठमाडौंले दोषी ठहर गर्दै कैद र जरिवानाको फैसला गरेपछि फरार रहँदै आएका थिए। २०८० जेठ २२ गते बैंकिङ कसुर मुद्दामा ३० दिन कैद र एक करोड ५० लाख रुपैयाँ जरिवाना हुने फैसला भएको थियो ।
ग्रिनलाइन सेन्टरका सञ्चालक समेत रहेका अग्रवाललाई २०७८ फागुनमा फैसलापछि भने फरार रहँदै आएका थिए ।